Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

तीनकुनेको सडक छेउमा राखिएका पोष्टर च्यात्ने गिरफ्तार

२३ असोज,   खबरमञ्च,   at 1:32 PM

By   /  October 10, 2019  /  Comments Off on तीनकुनेको सडक छेउमा राखिएका पोष्टर च्यात्ने गिरफ्तार

    Print       Email

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतको लागि तीनकुनेको सडक छेउमा राखिएका पोष्टर च्यात्नेलाई प्रहरीले गिरफ्तार गरेको छ।

उदयपुरका गोपाल कार्की र रौटहटका राजकुमार ठाकुरलाई प्रहरीले गिरफ्तार गरेको हो।

कार्कीले मादक पदार्थ सेवन गरी उक्त पोष्टर च्यातेको र च्यातिएको पोष्टरलाई थप तानेर च्यातेको भन्दै प्रहरीले बिहीबार ठाकुरलाई पक्राउ गरेको हो ।

रक्सीको मातले पोस्टर च्यातेका उनीहरूलाई महानगरीय प्रहरी वृत्त, बानेश्वरमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अब बच्चाको टालिएको मलद्वारदेखि फुटेको आन्द्रासम्मको उपचार नेपालमै

Read More →