Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

तिहार बिदामा पनि निगमको डिपो खुला रहने

९ कात्तिक,   खबरमञ्च,   at 5:16 PM

By   /  October 26, 2019  /  Comments Off on तिहार बिदामा पनि निगमको डिपो खुला रहने

    Print       Email

काठमाडौं । नेपाल आयल निमगले चाडपर्वको समयमा इन्धन अभाव हुन नदिन तिहार बिदाका दिन पनि देशभरका डिपो खुला राख्ने भएको छ ।

चाडपर्वको समयमा इन्धनको माग बढ्ने भएकाले निगमले डिपो खुला राख्ने भएको हो ।

इन्धनको अभाव हुन नदिइ आपूर्ति व्यवस्थालाई सहज बनाउन सातै प्रदेशका डिपो बिदाका दिन पनि आवश्यकताअनुसार खुल्ने निगमले जनाएको छ ।

उपत्यकामा इन्धन आपूर्तिमा कुनै समस्या नआओस् भनेर थानकोटस्थित डिपो सोमबारसम्म पूर्णरुपमा खुल्ने डिपो प्रमुख विनितमणि उपाध्यायले जानकारी दिए ।

अन्य स्थानको तुलनामा काठमाडौं उपत्यकामा इन्धनको माग ज्यादा हुने गर्दछ ।

इन्धनको कुनै अभाव हुन नदिन तिहारका बेला आवश्कयताअनुसार डिपो खोल्ने व्यवस्था मिलाइएको उनले बताए ।

थानकोटस्थित डिपोमा पर्याप्त मात्रामा इन्धनको मौज्दात रहेको छ ।

निगमले पेट्रोलपम्पलाई पनि पर्याप्त इन्धन मौज्दात राख्न आग्रह गरेको छ ।

बिदाका समयमा इन्धनको माग भएमा वितरण प्रणालीलाई सहज बनाउन प्राविधिकसहित १५ कर्मचारीलाई आवश्यकताअनुसार खटाइएको प्रमुख उपाध्यायले जानकारी दिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठ निलम्बन

Read More →