Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

तस्बीरमा हेर्नुस् क-कसले लगाए राष्ट्रपतिकाे हातबाट टीका

२१ असाेज,   खबरमञ्च,   at 9:24 PM

By   /  October 8, 2019  /  Comments Off on तस्बीरमा हेर्नुस् क-कसले लगाए राष्ट्रपतिकाे हातबाट टीका

    Print       Email

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दशैँका अवसरमा मंगलबार शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिहरुलाई टीका लगाइदिएकी छन्।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली, उनकी धर्मपत्नी राधिका शाक्यसहित विशिष्ट व्यक्तिहरुलाई टीका लगाएकी हुन्।

यसैगरी, राष्ट्रपति भण्डारीले प्रधानन्यायाशीध चेलेन्द्रशमशेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, उच्च अधिकारी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेललगायतलाई टीका लगाइन्।

राष्ट्रपति भण्डारीले सर्वसाधरणलाई पनि टीका लगाउने कार्यक्रम छ।

राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई टीका लगाईदिँदै।

राष्ट्रपति विद्यादेवी भण्डारी रक्षामन्त्री ईश्वर पोखरेललाई टीका लगाईदिँदै।

राष्ट्रपति विद्यादेवी भण्डारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई टीका लगाईदिँदै।

राष्ट्रपति विद्यादेवी भण्डारी नेकपाका महासचिव विष्णु प्रसाद पौडेललाई टीका लगाईदिँदै।

राष्ट्रपति विद्यादेवी भण्डारी कानुन तथा न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाललाई टीका लगाईदिँदै।

राष्ट्रपति विद्यादेवी भण्डारी संकृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री योगेश भट्टराईलाई टीका लगाईदिँदै।

राष्ट्रपति विद्यादेवी भण्डारी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई टीका लगाईदिँदै।

राष्ट्रपति विद्यादेवी भण्डारी महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापालाई टीका लगाईदिँदै।

राष्ट्रपति विद्यादेवी भण्डारी सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटालाई टीका लगाईदिँदै।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अर्थमन्त्री खतिवडाका कारण प्रधानमन्त्रीलाई अप्ठ्यारोः गगन थापा

Read More →