Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

ढुवानी व्यवसायीले फिर्ता लिए हड्ताल, देशभर ढुवानी सेवा सुरु

७ साउन,   खबरमञ्च,   at 1:23 PM

By   /  July 23, 2019  /  Comments Off on ढुवानी व्यवसायीले फिर्ता लिए हड्ताल, देशभर ढुवानी सेवा सुरु

    Print       Email

काठमाडौं । ढुवानी व्यवसायीले सात दिनपछि हड्तालका कार्यक्रम फिर्ता लिएका छन्। आन्दाेलन फिर्ता भएसँगै देशभर ढुवानी सेवा सुरु भएकाे छ।

साउन १ देखि सरकारले जारी गरेको नयाँ नियमविरुद्ध व्यवसायीले हड्ताल आह्वान गरेका थिए। व्यवसायीको हड्तालले देशभरको ढुवानी सेवा ठप्प भएको थियो। जसले अत्यावस्यक समाग्रिको समेत अभाव हुन थालेको थियो।

व्यवसायीले मूल्य अभिबृद्धि कर (भ्याट) तथा भेहिकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ प्रणाली (भिसिटीएस)को विरोधमा ढुवानी सेवा ठप्प पारेका थिए। गए राति भएको छलफलमा सरकारले समस्या समाधान गर्नका लागि पहल गर्ने र माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि व्यवसायीले आन्दोलन फिर्ता लिएका हुन्।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको संयोजकत्वमा व्यवसायीसहितको बैठकमा सहमति जुटेपछि हड्ताल फिर्ता लिएको उनीहरूले बताएका छन्।

आइतबार अर्थमन्त्री डा. युवराज खतिवाडको नेतृत्वमा पनि नेपाल उद्योग वाणिज्य महासंघसहितको छलफलमा एक साताभित्र समस्या समाधान गर्ने सहमति भएको थियो।

बैठकले ढुवानी व्यवसायका क्षेत्रमा देखिएको समस्या समाधानका लागि अध्ययन गर्न भौतिक मन्त्रालयका सहसचिव राजेश्वर ज्ञवालीको संयोजकत्वमा कार्यदल समेत बनाउने निर्णय गरेको छ।

त्यस्तै, राजस्व अनुसन्धान विभागले पनि व्यवासायीको मागमा लचिलो बन्ने संकेत दिएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विदेशमा गैरकानूनी लगानी गरेको पाइए त्यस्ताे सम्पत्ति जफत हुन्छः अर्थमन्त्री खतिवडा

Read More →