Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

ढुक्क भएर इलाममा लगानी गर्न लगानीकर्तालाई प्रधानमन्त्री ओलीको आग्रह

२० पुस,   खबरमञ्च,   at 4:47 PM

By   /  January 4, 2019  /  Comments Off on ढुक्क भएर इलाममा लगानी गर्न लगानीकर्तालाई प्रधानमन्त्री ओलीको आग्रह

    Print       Email

इलाम । प्रधानमन्त्री केपी शर्मा ओलीले इलाममा ढुक्क भएर लगानी गर्न लगानीकर्ताहरुलाई आग्रह गरेका छन्।

शुक्रबार इलामको सदरमुकाम इलाम बजारमा लगानी सम्मेलनको उद्घाटन गर्दै लगानीकर्ताहरुलाई उनले भने, ‘इलाममा लगानी गर, कमाओ।’

उनले पर्यटकहरुलाई दुःख नदिन सुझाव पनि दिए।  नेपाल सरकार विकाशका काममा केन्द्रित रहेको बताउँदै ओलीले सरकार मन नपराउनेहरुले सरकारको विरोध गरिरहेको बताए।

गण्डकी र कोशीमा पानी ल्याउने उनले फेरि बताए। पूर्व पश्चिम रेलमार्गको सर्भे भइरहेको उनले बताए।

प्रधानमन्त्री केपी ओलीले एभोकाडोको बिरुवामा पानी हालेर इलाममा लगानी सम्मेलनको शुक्रबार उद्घाटन गरेका छन्।

सम्मेलन आयोजक इलाम नगरपालिकाले प्रधानमन्त्रीलाई नागरिक अभिनन्दन गरेको छ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

राप्रपाकाे मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा, थापाकाे संयाेजकत्वमा बन्याे मूल आयाेजक समिति

Read More →