Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

डोनाल्ड ट्रम्पलाई २० लाख डलर जरिवाना

२२ कार्तिक,   खबरमञ्च,   at 12:35 PM

By   /  November 8, 2019  /  Comments Off on डोनाल्ड ट्रम्पलाई २० लाख डलर जरिवाना

    Print       Email

 

एजेन्सी । सन् २०१६ को राष्ट्रपतीय चुनावमा च्यारिटी रकम दुरुपयोग गरेको आरोपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई २० लाख डलरको जरिवाना सुनाइएको छ ।

न्यूयोर्क अदालतले ट्रम्पलाई जरिवाना तिराउने फैसला गरेको हो अमेरिकी सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । आफ्नो चैरिटी संस्थाको रकमको अवैध प्रयोग गरेको अभियोगमा एक न्यायाधीशले ट्रम्पलाई २० लाख डलर जरिवानाको आदेश सुनाएको बताइएको छ ।

सन् २०१६ को राष्ट्रपति चुनावमा च्यारिटी संस्थाको रकम प्रयोग गरेको आरोप थियो । ट्रम्पले निर्वाचन अभियानका क्रममा च्यारिटीका लागि राखिएको रकम मतदाता प्रभावित पार्न खर्च गरेको भन्ने आरोप लागेको थियो । निर्वाचनका क्रममा सिमा भन्दा बढी रकम खर्च गरेको, मतदातालाई अनावश्यक प्रभावमा पारेको लगायतका अभियोग अझै पनि अमेरिकाका विभिन्न अदालतमा दर्ता कायम छन् । ह्वाइट हाउसले भने अदालतको फैसलविरुद्ध पुनरावेदनमा जाने जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

भारतीय सर्वाेच्च अदालतकाे ऐतिहासिक फैसलाः अयाेध्या विवादमा हिन्दु समुदायकाे पक्षमा फैसला

Read More →