Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

डेंगु भन्दा तीन गुणा बढी घातक मानिएको स्क्रब टाइफस ६१ जिल्लामा फैलियो

७ असोज,   खबरमञ्च,   at 3:38 PM

By   /  September 24, 2019  /  Comments Off on डेंगु भन्दा तीन गुणा बढी घातक मानिएको स्क्रब टाइफस ६१ जिल्लामा फैलियो

    Print       Email

काठमाडौं। डेंगुले प्रकोपको रुप लिइरहँदा त्यो भन्दा ३० गुणा भन्दा बढी घातक मानिने स्क्रब टाइफस ६१ जिल्लामा फैलिएको छ।

मुसामा हुने माइट नामको जीवाणुबाट मानिसमा सर्ने स्क्रब टाइफबाट साउन १ गतेदेखि असोज ६ गतेसम्म  ६ सय ९५ जना संक्रमित भइसकेका छन्। यसकै कारण तीनजनाले ज्यान गुमाइ सकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको जनाएको छ।

हालसम्म स्क्रब टाइफस ६१ जिल्लामा पुगिसकेको छ।  स्क्रब टाइफल सम्म प्रदेश १ मा १८ जनामा प्रदेश २ मा २२ जनामा प्रदेश ३ मा २०४ जनामा, गण्डकीमा मा ५१ जना प्रदेश ५ मा २३७ जना कर्णालीमा ८ जना र सुदूरपश्चिममा १५५ जनामा यो रोग देखि सकेको छ।

साउनयता ६३ जिल्लामा फैलिएको स्क्रब टाइफसबाट सबैभन्दा बढी धादिङ प्रभावित भएको महाशाखाको तथ्यांकले देखाएको छ। साउनदेखि असोज ६ गतेसम्म धादिङमा मात्रै ७४ जनामा यो रोग देखिएको छ।

यस्तै डडेल्धुरा स्क्रब टाइफसबाट संक्रमणको दोस्रो प्रभावित जिल्लामा पर्छ । डडेल्धुरामा ६१ जना स्क्रबटाइफसको संक्रमण देखिएको छ । यस्तै पाल्पामा ५९, रुपन्देहीमा ४६, गुल्मीमा ३६,  काठमाडौंमा २६, ललितपुरमा ११, काभ्रेमा १७, कपिलवस्तुमा १८, अर्घखाँचीमा १८, वर्दियामा १३, स्याङ्जामा १०, बाँकेमा २०, जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ ।

उपत्यकामा २६ जनामा देखियो टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा साउनयता तीन सय भन्दा बढी स्क्रब टाइफसको संका लागेर उपचार गर्न गएको अस्पतालले जनाएको छ। जसमा २६ जनामा स्क्रब टाइफस संक्रमण भएर गम्भीर बिरामी भएकाको भर्ना गरेरै उपचार गरिएको अस्पतालका प्रवक्ता तथा सरुवा रोग विशेषक्ष डा अनुप बाँस्तोलाले बताए।

‘यो वर्ष साउनयता हाम्रोमा उपचारको लागि आएका २३ जनालाई स्क्रब टाइफस भएको पुष्टि भएको छ’, उनले भने, ‘यो निकै ठूलो संख्या हो। अझै धेरै बिरामी हाम्रो सम्पर्कमा नहुन सक्छन्।‘ स्क्रब टाइफस स्वास्थ्यको जोखिमको हिसाबले डेंगु भन्दा ३० गुणा बढी घातक हुने भएकाले सचेत हुनु पर्ने डा बाँस्तोलाले बताए।

‘यसको संक्रमण भएपछि डेंगुले भन्दा मृत्यु हुने सम्भावना ३० गुणा बढी हुन्छ’, उनले भने, ‘सुरुमै पहिचान गर्न सके सामान्य एन्टिबायोटिकबाट यो रोग निको पार्न सकिन्छ। नत्र मानिसको मृत्यु हुने सम्भावना धेरै हुन्छ।’

के हो स्क्रब टाइफस स्क्रब टाइफस रोग

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अब बच्चाको टालिएको मलद्वारदेखि फुटेको आन्द्रासम्मको उपचार नेपालमै

Read More →