Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

डेंगुको संक्रमण बढ्दै गएकाले संकटकाल घोषणा गर्न नेपाली कांग्रेसको माग

२५ भदौ,   खबरमञ्च,   at 4:26 PM

By   /  September 11, 2019  /  Comments Off on डेंगुको संक्रमण बढ्दै गएकाले संकटकाल घोषणा गर्न नेपाली कांग्रेसको माग

    Print       Email

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डेंगुको संक्रमण बढ्दै गएकाले संकटकाल घोषणा गर्न माग गरेको छ । राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले डेंगु संक्रमण नियन्त्रणको सट्टा बढ्दै गएको र सर्वसाधरण आतंकित बनेको भन्दै तत्काल संकटकाल घोषणा गरि नियन्त्रणको लागि अभियान संञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराए ।

तत्काल डेंगु संक्रमणबाट गम्भीर नबन्ने हो भने यसले महामारीको रुप लिने भन्दै उनले “सरकारले राष्ट्रिय इर्मरजेन्सिको” रुपमा लिनुपर्ने टिप्पणी गरे ।

उनले भने, “सरकार कुहिरोका काग बनेको छ । यसलाई अंग्रेजीमा क्लु लेस भन्छ । ७७ जिल्ला मध्ये ५६ जिल्लामा फैलिएको यो संक्रमण राष्ट्रिय महामारी हो कि होइन ? राष्ट्रिय विपत्ति मान्नु पर्छ कि पर्दैन ? स्वास्थ्यको क्षेत्रमा यसलाई संकटकाल घोषणा गर्नुपर्छ कि पर्दैन ? म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु । कतिजना मान्छे मरेपछि यसले महामारीको रुप लिन्छ ? ”

उपचारमा संलग्न चिकित्सक देखि मन्त्रीसम्मलाई डेंगुको संक्रमण हुँदा पनि सरकार तथा सम्बन्धीत निकाय स्वास्थ्य मन्त्रालय जिम्मेवार बन्न नसकेको आरोप लगाए ।

उनले भने “के अझै पनि सरकार कुम्भकर्ण निन्द्राबाट व्यूँझिन चाहदैन ? सरकारले सदनमा उपस्थित भएर डेंगुको बारेमा सदनलाई जानकारी गराओस् ।”

उनले ३ सय ५० रुपैया मात्रै पर्ने डेंगु जाँच किटको निजी अस्पतालहरुले २ हजार ६ सय रुपैया सम्म लिने गरेको तर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

संविधान दिवसका अवसरमा असाेज २ गते सरकारी अस्पतालमा नि:शुल्क टिकट

Read More →