Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

डिल्लीराज उप्रेतीको पौरख, चारलाख रुपैयाँको सयपत्री फूल बेचे

२१ कात्तिक,   खबरमञ्च,   at 12:45 PM

By   /  November 7, 2018  /  Comments Off on डिल्लीराज उप्रेतीको पौरख, चारलाख रुपैयाँको सयपत्री फूल बेचे

    Print       Email

धुलाबारी मेचीनगर नगरपालिका ९ मागुरमाडीका डिल्लीराज उप्रेतीले दुई दिनमा चारलाखको सयपत्रीको माला तथा फूल बिक्री गरेका छन्।

कागती उत्पादनबाट बर्षेनी लाखौं रुपैयाँ आम्दानी गर्ने उनले तिहारमा चाहिने सयपत्री फूल उत्पादन गरेर सबैलाई चकित बनाइदिएका छन्। सयपत्री फूल उत्पादनका लागि उनले छुट्टै जमिन प्रयोग गरेनन्। मेवा तथा कागती खेती गरेको जमिनमा खाली स्थान उनले सयपत्री उत्पादनका लागि उपयुक्त माने। उप्रेतीले भने, ‘यो मेरो नौलौ अभ्यास हो। तर यो अभ्यासमा म सफल भएँ।’

उनले उत्पादन गरेको सयपत्रीको माला प्रति माला पचास रुपैयाँमा बिक्री भइरहेको छ। माला उन्नका लागि ५० जना महिला खटिएका छन्। माला उन्नका लागि उनले प्रति गोटा पाँच रुपैयाँ दिएका छन्। उनले भने, ‘सबै खर्च कटाएर करिब अढाई लाख रुपैयाँ जति नाफा गर्दैछौं।’ उनको घरमा फूल खरिद गर्न आउने मान्छेको ताँती लागेको छ।

नौ वर्षसम्म उनले विदेशमा श्रम गरे अनि पसिना बगाए। त्यसपछि नेपाल फर्किएका उप्रेती आफ्नो डेढ बिगाह जमिनमध्ये एक बिगाहमा लगाएको कागती, फलफूल तथा विभिन्न प्रजातिका रुखका बिरुवा बेचेरै करोडपति बनेका छन्। यस बर्षदेखि उनले फूल खेती पनि गरेका हुन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

रक्सी पिएर यात्रुबस चलाउने चालक पक्राउ

Read More →