Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

के हाे डिप्रेसन ? यस्ता छन् कारण, लक्षण र बच्ने उपायहरू

९ चैत,   खबरमञ्च,   at 10:00 AM

By   /  March 23, 2019  /  Comments Off on के हाे डिप्रेसन ? यस्ता छन् कारण, लक्षण र बच्ने उपायहरू

    Print       Email

पीडादायी घटनाबाहेक डिप्रेसन हुनुमा बंशानुगत कारणले पनि भूमिका खेलेकाे पाइन्छ । डिप्रेसनका केहि लक्षण यस्ता छन्ः

डिप्रेशनका लक्षणहरु

 

  • रुन मन लाग्ने
  • निराश हुने
  • एक्लै बस्न रुचाउने,
  • झर्को लाग्ने
  • दिक्क मान्ने
  • बोल्न मन नलाग्ने
  • छटपटी हने
  • हातखुट्टा झम झम गर्ने पैतला पोल्ने,
  • तालु पोल्ने
  • मुख सुक्ने
  • आत्मग्लानी हुने
  • नकारात्मक सोचाई रहने
  • निद्रा कम पर्ने
  • खानामा रुचि नहुने
  • यौन सम्पर्क गर्न रुचि नहुने
  • आफूलाई निकम्मा सम्झने
  • मर्न पाए हुन्थ्यो भन्ने
  • बारम्बार रुने
  • शंका लाग्ने
  • कानमा आवाज आउने ।

डिप्रेसनबाट बच्ने उपायहरु

डिप्रेशनको अवस्थामा मन एउटै कुरामा घुमाई रहनुहुँदैन । बरु मन परिवर्तन गर्नुपर्छ, कुनै नराम्रो अनुभव मनमा लिईरहँदा मष्तिष्कमा समेत असर पुर्याउँछ । शरीर तात्छ, मुटुको धडकन बढ्छ र छटपटि हुन्छ । त्यसैले अनावश्यक कुरामा एकोहोरो गहिरो सोचाई नगर्ने । मन भुलाउन प्रयत्न गर्ने ।

पूराना रुढिवादी कुरामा विस्वास गर्नु हुदैन । बाटो हिड्दा बिरालोले बाटो काट्यो वा रित्तो गाग्री देखियो भने अशुभ हुन्छ भन्ने गलत विश्वास छ । त्यसैले यस्ता वस्तु देख्दा मन बेचैन बनाउन हुँदैन,  मन ढुक्क पार्नुपर्छ । किनभने यस्ता कुरामा कुनै सत्यता हुँदैंन । राशिफल हेराउने, भूतप्रेत बोक्सी युगको अन्त्य भइसक्यो । त्यस्तै यस्ता कुरामा चिन्ता लिई समय बरबाद गर्नुहुँदैंन ।

हामी हाम्रो प्रगति चाहन्छौं, यो राम्रो पक्ष हो । तर हामीमा केही गलत धारणा पनि रहन सक्छ । अर्काले प्रगति गर्दा आफूलाई नकारात्मक मुल्यांकन गर्ने बानी असाध्यै नराम्रो हो । त्यसैले मनलाई ठुलो पार्नुपर्छ, संकिर्ण हुनुहुँदैन। धेरै मानिस यस्ता समस्याबाट पिरोलिएका हुन सक्छन् । जसले गर्दा मनमा अशान्ति फैलन्छ ।

जे छ त्यसमा सन्तुष्ट बन्ने तर मेहनत गर्न नछाड्ने । धेरै मानिस आफू कहाँबाट आएको भन्ने कुरा पनि बिर्सन्छन्, विगतलाई बिर्सन्छन्, वर्तमानमा सन्तोष लिन चाहँदैनन्, किनभने समय पार गदै जाँदा ठुलो उन्नति भएको पनि बिर्सन्छन् र सधै असन्तोष भईरहन्छन् । विगतमा आफू कुन अवस्थामा थिएँ, अहिले कुन अवस्थामा आइपुगे  भनेर मूल्यांकन गर्नुपर्ने हुन्छ । धेरैजसो मानिस ठूलो प्रगति गर्दा पनि क्षणिक आनन्द लिन्छन्, त्यसले मनमा सन्तोष दिएको हुँदैन त्यसैले हामीले सन्तोष लिन सिक्नुपर्छ ।

हरेक काममा खुसी, सुखि तथा सन्तुष्ट बन्ने । दैनिक जीवनमा काम गर्दै जाँदा कहिले सफल भइन्छ, कहिले असफल । असफल हुँदैंमा हतास हुनुहुँदैन, बरु असफलताको कारण पत्ता लगाई सफलताको बाटोमा फेरि अगाडि बढ्नुपर्छ । निराश हुनुहुँदैन । अरुसंग पनि सरसल्लाह लिनुपर्छ ।  कहिलेकाँही हाम्रा अगाडि समस्या नै समस्या तेर्सिएर  बसेका हुन्छन् । यस्तो अवस्थामा आत्तिनु हुँदैंन । कतिपय समस्या आफै पनि समाधान भएर जान्छन् ।

समस्यासँग भाग्नु हुदैन बरु जुध्नु पर्छ । हरेक समस्याको केही  न केही समाधान पक्कै हुन्छ । त्यसैले समस्या पर्दैमा निराश हुनुहुदैन । केही मानिसलाई आफूले गरेको बाहेक अरूले गरेको काममा चित्त बुझ्दैन । त्यसैले यस्ता मानिस अरूले गरेको काम सच्याउने गर्छन् । यस्तो हुँदा दैनिक जविनमा अप्ठेरो महसुस हुन्छ । त्यसैले केही हदसम्म अर्काले गरेको कामलाई पनि उचित स्थान दिनुपर्ने हुन्छ । समाजमा अति नैतिक भई बाँच्न गाह्रो हुन्छ, त्यसैले आफू पनि परिवर्तन हुनुपर्छ र समाजअनुसार चल्नुपर्छ ।

मनका कुरा अरूलाई भन्ने बानी गर्ने    । हामीमा ठुलो समस्या आउँदा पनि अरूलाई नभन्ने बानी हुन्छ जसले गर्दा मनमा अशान्ति फैलन्छ । हावा भरिएको प्रेसर कुकर झैँ बिस्फोट हुने वा अचानक सिठ्ठी लागेर ठूलो हलचल हुनेजस्तो हामीभित्र पनि हलचल हुन सक्छ । काम नबने हातखुट्टा नचल्ने भइ हामी बिरामी पर्छौ । आफ्नो मनको वेदना अरूका सामु व्यक्त गर्दा मन शान्त हुन जान्छ ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापामा एचआइभीका कारण एक दशकमा ३५ जनाको मृत्यु

Read More →