Loading...
You are here:  Home  >  छापामा  >  Current Article

डिएसपी हुँ भन्दै १४ दिनसम्म फरक-फरक युवतीसँग शारीरिक सम्बन्ध

२९ पुस,   खबरमञ्च,   at 7:06 AM

By   /  January 13, 2019  /  Comments Off on डिएसपी हुँ भन्दै १४ दिनसम्म फरक-फरक युवतीसँग शारीरिक सम्बन्ध

    Print       Email

काठमाडौं । भक्तपुर बालकोटका ३५ वर्षीय अनिल थापाले नेपाल प्रहरीको बहालबाला डिएसपी भीमकिरण बोगटीको परिचय दुरुपयोग गरेको पाइएको छ।

युवतीसँग शारीरिक सम्बन्ध राख्ने उद्देश्यका लागि थापाले यस्तो हर्कत गर्ने गरेको प्रहरीले जनाएको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्।

प्रहरीले बिहीबार पुतलीसडकस्थित तिरुपति होटेलबाट पक्राउ गरेपछि थापाको कर्तुत खुलेको हो। थापालाई महानगरिय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले तिरुपति होटलको कोठा नम्बर २०३ बाट पक्राउ गरेको हो।

१४ दिनदेखि उनी डिएसपी बोगटीको परिचयमा होटेलमा बस्दै आएका थिए। प्रहरीका अनुसार उनको कोठामा प्रत्येक दिन फरक-फरक युवती आउने जाने गर्थे। अनुसन्धानका लागि उनीहरुलाई बोलाएको भनेपछि होटेलबालाले यस विषयमा चासो दिएको थिएन।

श्रीमतीसँग सम्बन्ध विग्रिएपछि थापाले यो कर्तुत गरेको अनुसन्धानबाट खुलेको महानगरिक प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले भने।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

राष्ट्रिय गौरवका आयोजनाको प्रधानमन्त्रीको लगाम

Read More →