Loading...
You are here:  Home  >  समाज  >  Current Article

डा. गिरी र दुर्गा प्रसाईं मुद्दा हालाहालमा उत्रिए, प्रसाईंविरुद्ध अदालतमा गाली बैइज्जती मुद्दा दायर

२९ पुस,   खबरमञ्च,   at 8:12 PM

By   /  January 14, 2020  /  Comments Off on डा. गिरी र दुर्गा प्रसाईं मुद्दा हालाहालमा उत्रिए, प्रसाईंविरुद्ध अदालतमा गाली बैइज्जती मुद्दा दायर

    Print       Email

विर्तामोड । झापाको विर्तामोडमा रहेको बिएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईं र चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी एक आपसमा मुद्दा हालाहालको स्थितिमा पुगेका छन्।

प्रसाईंले गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सम्पत्ति शुद्धिकरणमा उजुरी दिएका छन्।

डा. गिरीले अकुत सम्पत्ति कमाएको भन्दै सम्पत्ति शुद्धिकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रसाईंले उजुरी दिएका हुन् भने गिरीले प्रसाई विरुद्ध गाली बेइज्जती मुद्दा दायर गरेका छन्।

प्रसाईले २० करोड घुस मागेको झुटो आरोप लगाएको भन्दै गिरीले जिल्ला अदालत काठमाडौँमा गाली वेइज्जतीको मुद्दा दायर गरेका हुन्।

पुस २३ मा पत्रकार सम्मेलन गरेर प्रसाईले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन गिरीले माफूसँग २० करोड घुस मागेको आरोप लगाएका थिए।

लगत्तै गिरीले पनि पत्रकार सम्मेलन गरेर आरोप झूटो भएको भन्दै त्यसविरुद्ध कानुनी उपचार खोज्ने बताएका थिए।

गिरीले भ्रष्टाचार तथा घुस लिने कार्य गरी अकुत सम्पत्ति आर्जन गरेको दाबी गर्दै प्रसाईंले गिरीविरुद्ध उजुरी सम्पत्ति शुद्धिकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हालेका हुन्।

गिरीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको शिक्षाध्यक्ष रहेको समयमा, स्वास्थ्य सेवा बीमा बोर्डमा कार्यकारी निर्देशक रहँदा र हाल आयोगको उपाध्यक्ष रहँदा पनि घुस लिई अकुत सम्पत्ति आर्जन गरको प्रसाईको आरोप छ।

गिरीले अवैधानिक रूपमा कमाएको अकुत सम्पत्ति आफू र आफ्ना नातेदारका नाममा जम्मा गरेको भन्दै प्रसाईंले सो सम्पूर्ण सम्पत्ति जफत गर्न  माग गरेका छन्।

 

 

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

आस्था राउत प्रकरणः प्रहरी जवानलाई पनि जवाफदेही बनाउनु पर्छ

Read More →