Loading...
You are here:  Home  >  समाज  >  Current Article

डा. केसीसँग गरिएको सम्झौता कार्यान्वयनको माग गर्दै माइतीघरमा प्रदर्शन

२८ पुस,   खबरमञ्च,   at 4:41 PM

By   /  January 12, 2019  /  Comments Off on डा. केसीसँग गरिएको सम्झौता कार्यान्वयनको माग गर्दै माइतीघरमा प्रदर्शन

    Print       Email

काठमाडौ। डा गोविन्द केसीसँग गरिएको सम्झौता कार्यान्वयनको माग गर्दै सोलिडारिटी फर डा केसी एलाइन्सले माइतीघरमा प्रदर्शन गरिएको छ । १६ औँ अनसन बसेका डा. केसीसँग गरिएको सम्झौता तत्काल कार्यान्वयन गर्न माग गर्दै आज उनीहरुले प्रदर्शन गरेका हुन ।

सरकारले विगतमा गरेको सहमति अनुसार नै चिकित्सा शिक्षा विधेयक पारित हुनुपर्ने माग राख्दै इलाम पुगेर अनसन बसेका डा. केसीको माग पूरा गर्न दबाब दिँदै सोलिडारिटी फर डा केसी एलायन्सको अगुवाइमा माइतीघरमा प्रदर्शन भएको हो ।

सो संस्थामा आबद्ध एक समुहले उनीहरुले ‘डा केसीसँग गरिएका सम्झौता लागू गर’ ‘मेडिकल शिक्षामा भएका लुटतन्त्र बन्द गर’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् । प्रदर्शनीमा विवेकशील साझा पार्टीका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

सरकारले आफूसँग गरिएको सहमति अनुरुप विधेयक नभएको भन्दै गत पुस २५ गतेदेखि इलाममा गई डा केसी अनशनमा बसेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कर्मचारी समायोजनका विषयमा सरकारसित लिखित जवाफ माग

Read More →