Loading...
You are here:  Home  >  समाज  >  Current Article

डा. केसीको ज्यान जोगाउने हो भने तत्काल आइसियु चाहिन्छः इलाम अस्पताल

३० पुस,   खबरमञ्च,   at 7:57 PM

By   /  January 14, 2019  /  Comments Off on डा. केसीको ज्यान जोगाउने हो भने तत्काल आइसियु चाहिन्छः इलाम अस्पताल

    Print       Email

इलाम । ६ दिनदेखि इलाममा सत्याग्रहमा रहेका प्रा. डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको चिकित्सकहरुले बताएका छन् ।

निमोनियाको संक्रमण भएपछि आइतबार रातिदेखि इलाम जिल्ला अस्पतालमा लगिएका डा. केसीको दायाँ फोक्सोमा निमोनियाको संक्रमण भएको र मुटुको चाल घटेर ३४ मा झर्ने र बढेर २४० सम्म पुग्ने गरेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

सोमबार दिउँसो डा. केसीको स्वास्थ्य परीक्षण गर्दा तत्काल आइसीयुमा राख्नुपर्ने अवस्था देखिएको इलाम अस्पतालका डा. विजेन्द्रकुमार शाहले बताएका छन् ।

इलाम अस्पतालमा आइसीयु सुविधा नरहेकाले कुनैपनि बेला जटिल समस्या निम्तिनसक्ने पनि डा. शाहले बताए ।

डा. केसीलाई रिंगटा लाग्ने, पेट पोल्नेलगायतका समस्या पनि बढेको चिकित्सकहरुले बताएका छन् ।

चिकित्सकहरुले एन्टिबायोटिक औषधि चलाउन खोज्दा डा. केसीले नमानेपछि स्लाइनमात्र दिइएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कर्मचारी समायोजनका विषयमा सरकारसित लिखित जवाफ माग

Read More →