Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

डा. केसीको जीवनरक्षाका निम्ति विशेष पहल गर्न नेपाल चिकित्सक संघद्वारा सरकारलाई आग्रह

२८ पुस,   खबरमञ्च,   at 5:30 PM

By   /  January 12, 2019  /  Comments Off on डा. केसीको जीवनरक्षाका निम्ति विशेष पहल गर्न नेपाल चिकित्सक संघद्वारा सरकारलाई आग्रह

    Print       Email

काठमाडौं । नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको जीवनरक्षाका निम्ति विशेष पहल गर्न सरकारलाई आग्रह गरेको छ ।

संघले शनिबार विज्ञप्ति जारी गर्दै १६औंपटक अनशन बस्दा उनको शारीरिक अवस्था अत्यन्त कमजोर रहेको र जनुसुकैबेला अप्रिय घटना घट्नसक्नेतर्फ सचेत हुन सरकारलाई आग्रह गरेको हो ।

विज्ञप्तिमा आमरण अनशनलाई सदाका लागि अन्त्य गर्ने सुनिश्चित वातावरण तयार गर्नसमेत माग गरिएको छ ।

१५औं पटकसम्म गरिएका सम्झौता कार्यान्वयन गर्नुको सट्टा डा. केसीलाई नै चिढाउने गतिविधिहरु गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सरकारको गरिमा र प्रतिष्ठामाथि नै आँच पुग्ने गरेकोमा चिकित्सक संघ स्तब्ध भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कपाल टुट्न र झर्नबाट बच्न अपनाउनुहाेस् यी १० उपाय

Read More →