Loading...
You are here:  Home  >  छापामा  >  Current Article

ठूला व्यापारीको होटल मोहः विश्वभरी होटेल साम्राज्य फैलाउँदै चौधरी समूह

२८ पुस,   खबरमञ्च,   at 7:32 AM

By   /  January 12, 2019  /  Comments Off on ठूला व्यापारीको होटल मोहः विश्वभरी होटेल साम्राज्य फैलाउँदै चौधरी समूह

    Print       Email

काठमाडौं । मारवाडी समुदायको सुरुवाती व्यवसाय कपडा व्यापार थियो।

विभिन्न खाद्यान्न उद्योग हुँदै वित्तिय क्षेत्रमा प्रवेश गरेका मारवाडी व्यवसायी सिमेन्ट उद्योगमा पनि राम्रोसँग जमे।

नयाँ पुस्ताको आगमनसँगै व्यवसाय विस्तारमा जुटिरहेका मारवाडी परिवारको आकर्षण टे«डिङसँगै हस्पिटालिटी बिजनेशमा देखिएको छ। उनीहरु होटेल खोल्ने होडबाजीमा देखिन्छन्। यो खबर आजको नयाँ पत्रिका दैनिकमा नवीन अर्याल र अच्युत पुरीले लेखेका छन्।

०४६ सालपछि उदायका ठूला व्यवसायी र पुराना नेवार साहुजी पनि होटल खोल्ने दौडधुपमा छन्। अधिकांश ठूला व्यापारीको पोर्टफोलियोमा होटेल व्यवसाय थमिन लागेको छ।

चौधरी समूहले विश्वभरी होटेलको साम्राज्य फैलाउँदै लगेको छ। ठूला व्यापारीले होटेल आफैँ चलाउँदैनन्, होटेल बनाइदिने मात्र हो।

उनीहरुले विदेशमा ख्याती कमाएका बहुराष्ट्रिय ब्राण्डलाई होटेल व्यववस्थापनको जिम्मेवारी सुम्पिरहेका छन्।

विनोद चौधरी, प्रभाकर शमशेर, शशिकान्त अग्रवाल, चन्द्र ढकाल, साहिल अग्रवाल, दिवाकर गोल्छा, अनुज अग्रवाल, मोती दुगड, शेष घले, रविभक्त श्रेष्ठ, पवन गोल्यान, अजेय सुमार्गी लगायतका ठूला व्यापारीले होटलमा लगानी गरिरहेका छन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

होलीका लागि काठमाडौंमा उपत्यकामा तीन हजार प्रहरी परिचालित, जबर्जस्ती गर्ने तुरुन्तै पक्राउ पर्ने

Read More →