Loading...
You are here:  Home  >  समाज  >  Current Article

ट्राफिक प्रमुखलाई फेटा गुथेर यायोक्खाको विदाइ

२८ फागुन,   खबरमञ्च,   at 7:48 PM

By   /  March 12, 2019  /  Comments Off on ट्राफिक प्रमुखलाई फेटा गुथेर यायोक्खाको विदाइ

    Print       Email

झापा । किरात राई यायोक्खा बिर्तामोड प्रारम्भिक समितिले मंगलबार एक कार्यक्रम गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख राजेश राईलाई विदाइ गरेको छ ।

ट्राफिक प्रहरी प्रमुख राईलाई यायोक्खा झापाका सल्लाहकार कुमार हाङ्छेन राईले फेटा गुथेर विदाइ गरेकाहुन् । १६ महिनाअघि झापाको प्रमुख भएर आएका प्रहरी निरीक्षक राईलेआफ्नो कार्यकाल कुशलतापूर्वक सम्पन्न गरी १ नम्बर प्रदेश कार्यालय इटहरी सरुवा भएपछि यायोक्खाले विदाइ कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा बोल्दै सल्लाहकार राईले विदाइको क्षण दुःखदायी भए पनिआफ्नो जातिको व्यक्तित्व जिल्ला प्रमुख भएर विवादरहित कार्यकाल सम्पन्न गरेकोमा खुसी व्यक्त गरे । उनले प्रमुख राईलाई सम्मानपत्र समेत प्रदान गरे ।

कार्यक्रममा बोल्दै प्रमुख राईले आफ्नो कार्यकालमा आफ्नै जातीय संस्थासँग सहकार्य गर्न नपाएको भन्दै दुःख व्यक्त गरे । आफू जिल्लाबाहिर रहे पनि सधैँ झापा र बिर्तामोडका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

सोही कार्यक्रममा भर्खर सरुवा भएर इलाकाप्रहरी कार्यालय अनारमनीमाआएका प्रहरी निरीक्षक श्रीप्रसाद राईलाई पनि फेटा गुथेर स्वागत गरियो । त्यस्तै, इप्रकामै सरुवा भएर आएका प्रहरी सहायक निरीक्षक किरण राईलाई पनि फेटा गुथेर स्वागत गरिएको थियो ।

प्रारम्भिक समितिका अध्यक्ष बेनुप राईको अध्यक्षतामा भएको कार्यक्रममा यायोक्खा झापाका सदस्य अर्जुन राई, किरात राई सुम्निमा संघ झापाकी अध्यक्ष चिजा राईलगायतले बोलेका थिए । समितिका सचिव गोपाल राईले सञ्चालन गरेको कार्यक्रममा सदस्य मुना राईले स्वागत गरेकी थिइन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

राजनीतिक परिवर्तनले मात्र समाज बदलिँदैन : मन्त्री थापा

Read More →