Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

ट्रम्पकाे विवादित च्यारिटी फाउन्डेसन बन्द हुने

४ पुस,   खबरमञ्च,   at 8:25 AM

By   /  December 19, 2018  /  Comments Off on ट्रम्पकाे विवादित च्यारिटी फाउन्डेसन बन्द हुने

    Print       Email

वासिंटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको विवादित च्यारिटी फाउन्डेसन बन्द हुने भएको छ ।

गैरकानुनी ढंगले सञ्चालन भइरहेको आरोप लागेपछि राष्ट्रपति ट्रम्प च्यारिटी फाउन्डेसन बन्द गर्न सहमत भएका हुन् । न्यूयोर्कको महान्यायाधिवक्ता बारबरा अन्डरवुडले ट्रम्पको च्यारिटी संस्था गैरकानुनी ढंगबाट सञ्चालन भएको र यसको दुरुपयोग भएको भन्दै ट्रम्प परिवारविरुद्ध मुद्दा दायर गरेकी थिइन् ।

महान्यायाधिवक्ता बारबराले राष्ट्रपति ट्रम्पले ब्यापारिक र राजनीतिक स्वार्थका लागि यो संस्था चलाएको भन्दै बन्द गर्न अपील गर्दै मुद्दा दायर गरेकी हुन् । यो संस्था बन्द भएपछि उसको सम्पत्ति दोस्रो च्यारिटीमा जाने भएको छ । तर सो च्यारिटीमा राष्ट्रपति ट्रम्प, उनका तीन सन्तान भने सदस्य बन्न पाउने छैनन् ।

फाउन्डेसनका कानुनी सल्लाहकारले भने महान्यायाधिवक्ताले राजनीतिकरण गरेको आरोप लगाएका छन् । (एजेन्सी)

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

चन्द्रमामा सम्भव होला खेती ! चीनले उमार्‍यो कपास

Read More →