Loading...
You are here:  Home  >  सूचना/प्रविधि  >  Current Article

टेलिकमको २६ प्रतिशत सेयर सर्वसाधारणको लागि जारी गर्ने सरकारको तयारी

१८ माघ,   खबरमञ्च,   at 3:59 PM

By   /  February 1, 2019  /  Comments Off on टेलिकमको २६ प्रतिशत सेयर सर्वसाधारणको लागि जारी गर्ने सरकारको तयारी

    Print       Email

 

काठमाडौं । सरकारले नेपाल टेलिकममा रहेको आफ्नो २६ प्रतिशत सेयर सर्वसाधारणका लागि जारी गर्ने तयारी गरेको छ ।

संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपाल टेलिकममा ९२ प्रतिशत सेयर सरकारको स्वामित्वमा रहेकोमा २६ प्रतिशत सर्वसाधारणका लागि जारी गर्ने तयारी गरिएको बताए ।

नेपाल टेलिकमलाई जनताको कम्पनीको रुपमा विकास गर्न पनि सरकारले आफ्नो स्वामित्वमा रहेको ९२ प्रतिशत सेयरमध्येबाट २६ प्रतिशत सेयर सर्वसाधारणका लागि जारी गर्ने योजना अघि सारेको हो । मन्त्री बास्कोटाले सेयर बाँडफाँडको विधिका विषयमा पनि छलफल भईरहेको बताए । सबै प्रदेश, कर्पोरेट हाउस, ठूला उद्यमीहरुलाई पनि समानुपातिक ढंगले वितरण हुने गरी सो सेयर बाँडफाँड गर्ने मन्त्री बास्कोटाको योजना छ । नेपाल टेलिकममा हाल ९२ प्रतिशत सेयर सरकारको रहेको छ बाँकि ८ प्रतिशत सेयर टेलिकमका कर्मचारीसहित पब्लिकको रहेको छ । मन्त्री बास्कोटाले अव ६६ प्रतिशत सेयर मात्रै सरकारले राखेर बाँकि २६ प्रतिशत सेयर सर्वसाधारणका लागि जारी गर्ने बताए ।

मन्त्री बास्कोटाले मुनाफा बाहिर जाने भएकाले नेपाल टेलिकमलाई अघि बढाउन रणनीतिक साझेदार खोजी नगर्ने निर्णय लिइएको पनि स्पष्ट पारे ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

हिंसालाई प्रोत्साहन गर्ने गरी समाचार सम्प्रेषण नगरौं : सञ्चारमन्त्री बाँस्कोटा

Read More →