Loading...
You are here:  Home  >  सूचना/प्रविधि  >  Current Article

टेलिकमको इन्टरनेट पुरानै शूल्कमा उपलब्ध हुने

१ साउन,   खबरमञ्च,   at 12:24 PM

By   /  July 17, 2019  /  Comments Off on टेलिकमको इन्टरनेट पुरानै शूल्कमा उपलब्ध हुने

    Print       Email

काठमाडौं । नेपाल टेलिकमले आफ्ना इन्टरनेट सेवामा शुल्क नबढाउने निर्णय गरेको छ।

सबै इन्टरनेट सेवा प्रदायक कम्पनीले आजदेखि इन्टरनेटको मूल्यमा १३ प्रतिशत शुल्क बढाए पनि नेपाल टेलिकमले भने पुरानै शुल्कमा सेवा दिने भएको हो।

सरकारले इन्टरनेट सेवामा मूल्य बढाउने निर्णय गरे पनि ग्राहकको सुविधा र सहजतालाई ध्यानमा राखी टेलिकमले इन्टरनेट सेवामा कुनै मूल्य नबढाउने कम्पनीले जनाएको छ।

सेवाग्राहीलाई अझ बढी सहुलियत दरमा सेवा उपलब्ध गराउन टेलिकमले समर अफर लगायतका सेवाहरुमा थप सहुलियत प्याकेजहरु प्रस्तुत गरीरहेको कम्पनीको भनाइ छ।

टेलिकमले देशका सुगमदेखि दुर्गम हरेक स्थानमा सहुलियत दरमा गुणस्तरीय दूरसञ्चार सेवाहरु प्रदान गर्ने आफ्नो नीतिलाई निरन्तरता दिइरहेको छ।

टेलिकमले आम उपभोक्तालाई सहुलियत दरमा ताररहित र तारसहित टेलिफोन सेवा तथा इन्टरनेट सेवाहरु प्रदान गरिरहेको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

आइफोन ११ सिरिज सार्वजनिक

Read More →