Loading...
You are here:  Home  >  सूचना/प्रविधि  >  Current Article

टेलिकमकाे “नमस्ते रिचार्ज कार्ड”बाट अब सबै सेवाहरुमा रिचार्ज गर्न सकिने

साउन १५,   खबरमञ्च,   at 5:50 PM

By   /  July 31, 2018  /  Comments Off on टेलिकमकाे “नमस्ते रिचार्ज कार्ड”बाट अब सबै सेवाहरुमा रिचार्ज गर्न सकिने

    Print       Email

काठमाडौं । नेपाल टेलिकमले सेवाहरु रिचार्ज गर्नका लागि नमस्ते रिचार्ज ब्रान्डको रिचार्ज कार्ड उपलब्ध गराउने भएको छ । अब सबै रिचार्ज कार्ड ‘नमस्ते रिचार्ज’ को ब्रान्डमा उपलब्ध हुनेछन् ।

कम्पनीले उपलब्ध गराउँदै आएको एनटी रिचार्ज कार्ड पनि बजारमा स्टक रहेसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।कम्पनीले रु. ५०, १००, २००, ५०० र १००० दरका नमस्ते रिचार्ज कार्ड उपलब्ध गराउनेछ ।

रिचार्ज गर्नका लागि नमस्ते रिचार्ज कार्डको पछिल्लो भागमा भएको १६ अंकको पिन कोड प्रयोग गरी रिचार्ज गर्नुपर्छ । नेपाल टेलिकमको ल्यान्डलाइन वा मोबाइलबाट १४१५ वा १४१२ डायल गरी प्राप्त निर्देशन अनुसार १६ अंकको पिन कोड थिचेर कम्पनीका विभिन्न सेवाहरुमा रिचार्ज गर्न सकिन्छ ।

जीएसएम मोबाइलका ग्राहकहरुले *412*PIN Code# डायल गरेर पनि रिचार्ज गर्न सकिन्छ । साथै नेपाल टेलिकमको मोवाइल एप तथा वेबसाइट (http://webrecharge.ntc.net.np) मार्फत पिन कोड प्रयोग गरी रिचार्ज गर्न सकिन्छ ।

नेपाल टेलिकमले हाल रिचार्ज कार्ड वाहेक इलेक्ट्रोनिक रिचार्ज र एमपोस प्रयोग गरेर समेत रिचार्ज गर्न सकिने व्यवस्था गरेको छ । बजारमा उपलब्ध रिटेलरहरु मार्फत यी सेवा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अस्ट्रेलियाली स्कुले छात्रद्वारा एप्पलको सिस्टम “ह्याक”

Read More →