Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

झापा ११ र थ्रीस्टारबीच पहिलो सेमी फाइनल खेलमा भिडन्त, पुलिस पाखा लाग्यो

२२ फागुन,   खबरमञ्च,   at 6:16 PM

By   /  March 6, 2019  /  Comments Off on झापा ११ र थ्रीस्टारबीच पहिलो सेमी फाइनल खेलमा भिडन्त, पुलिस पाखा लाग्यो

    Print       Email

विर्तामोड । थ्रीस्टार क्लबले टाइ ब्रेकरमा नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै मग मग झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ। आगामी शुक्रबार पहिलो सेमी फाइनल खेलमा थ्रीस्टारसंग झापा ११ भिड्दैछ।

झापाको विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको क्वाटर फाइनल खेलमा थ्रीस्टारले अन्तिम चारको स्थान पक्का गरेको हो।

निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट कुनै गोल हुन नसकेपछि खेलको अन्तिम निर्णयका लागि टाइ ब्रेकरको सहारा लिनु परेको थियो।

बुधबारको खेलको म्यान अफ दी म्याच थ्रीस्टारका गोल किपर एलन न्यौपाने घोषित भए। उनले नगद १५ हजार प्राप्त गरे।

बिहीबारको खेल रुपन्देही ११ र क्यामरुनको दउफिन्स फुटबल क्लबबीच हुनेछ। मनाङ मर्स्याङदी क्लबले खेलमा सहभागिता नजनाउने भएपछि दउफिन्सलाई बोलाइएको हो।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विश्वकप क्रिकेट खेल्ने पाकिस्तानी टोलीमा परिवर्तन्

Read More →