Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

झापा ११ द्वारा फाल्गुनन्द गोल्डकपको उपाधि कब्जा, झापाका देवेन्द्र तामाङ सर्वोत्कृष्ट खेलाडी

३० पुस,   खबरमञ्च,   at 7:20 PM

By   /  January 14, 2019  /  Comments Off on झापा ११ द्वारा फाल्गुनन्द गोल्डकपको उपाधि कब्जा, झापाका देवेन्द्र तामाङ सर्वोत्कृष्ट खेलाडी

    Print       Email

फिदिम । पाँचथरको फिदिममा भएको रुस्लान दशौं फाल्गुनन्द गोल्डकप फुटबलको उपाधि झापा ११ ले कब्जा गरेको छ। सोमबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २-१ गोल अन्तरले हराउँदै झापाले उपाधि चुमेको हो।

उपाधि चुमेको झापा ११ ले नगद ४ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्यो । उपविजेता बनेको त्रिभुवन आर्मी क्लबले २ लाख रुपैयाँमा चित्त बुझाउनु पर्यो ।

झापाका लागि दुवै गोल पुजन उपरकोटीले गरेका हुन् । आर्मीका लागि सुदिप राईले गोल गरे । झापाका पुजन उपरकोटीले खेलको २३ औँ मिनेटमा पहिलो गोल गर्दै टिम अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको आर्मीका लागि खेलको ७१ औँ मिनेटमा सुदिप राईले गोल गरेर खेल बराबरीमा फर्किएको थियो ।

राजीवको कडा प्रहार गोलपोस्टमा लागेर गोल लाइन क्रस गरेर बल बाहिर निस्केको थियो । तर, झापाका पुजन उपरकोटीले खेलको ८३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेर झापालाई उपाधि दिलाउन सफल भए ।

निकै प्रतिष्पर्धात्मक फाइनल खेलको सर्वोत्कृष्ट खेलाडी झापाका देबेन्द्र तामाङ घोषित भए। उनले मोटरसाइकल प्राप्त गरे। खेलको म्यान अफ दी म्याच आर्मीका राजीव गुरुङ र बेस्ट डिफेन्स आर्मीकै युद्ध शाही भए। उनीहरुले नगद १०–१० हजार पाए । खेलमा सर्वाधिक चार गोल गरेका कर्ण लिम्बूले नगद १५ हजार पाए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

एन्फा अनियमितताबारे अख्तियारद्वारा छानबिन शुरु

Read More →