Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

झापा स्पोर्टस् अवार्ड २०७५ वितरण, पिपुल्स च्वाइस अवार्ड झापाका फुटबलर कर्ण लिम्बुलाई

१३ असोज,   खबरमञ्च,   at 8:44 PM

By   /  September 30, 2019  /  Comments Off on झापा स्पोर्टस् अवार्ड २०७५ वितरण, पिपुल्स च्वाइस अवार्ड झापाका फुटबलर कर्ण लिम्बुलाई

    Print       Email

विर्तामोड । झापा स्पोर्टस् अवार्ड २०७५ को बर्ष उत्कृष्ट खेलाडी पुरुषतर्फ उमेश राई र महिला तर्फ एस्तर राई पुरस्कृत तथा सम्मानित भएका छन् ।

शारीरिक सुगठनका उमेश राईले बर्ष उत्कृष्ट खेलाडीको अवार्ड जित्दै एक थान मोटरसाइकल जितेका छन् । उनले मनोनयनमा परेका फुटबलर नवयुग श्रेष्ठ र शारीरिक सुगठनका राम दाहाललाई पछि पारेका हुन् । राई साउथ एसियन च्याम्पियन हुन् ।

स्पोर्टस् अवार्डको बर्ष उत्कृष्ट खेलाडी महिलातर्फको अवार्ड झापाकी कराँते खेलाडी एस्तर राईले जितिन्। एकेएफ केडेट च्याम्पियन राईले मनोनयनमा परेका फुटबलर एन्जिला तुम्बापो र भलिवलकी बिनिता बुढाथोकीलाई पछि पारिन् । बर्ष उत्कृष्ट खेलाडीको अवार्ड विजेता राईले एक थान स्कुटर प्राप्त गरिन् ।

यसैगरी बर्ष उत्कृष्ट खेलाडी युवाको अवार्ड क्रिकेटर अप्सरी बेगमले जितेकी छन् । मेचीनगरकी बेगमले मनोनयनमा परेका फुटबलर छिरिङ गुरुङ र ब्याटमिन्टनकी अमिता गिरीलाई पछाडि पारेकी थिइन । युवा बर्ष खेलाडी भएकी बेगमले नगद २५ हजार रुपैयाँ प्राप्त गरिन् ।

बर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड फुटबलका हरि खड्काले जिते । उनले बक्सिङका डम्बर लिम्बू र कराँतेका प्रशिक्षक योगेश राईलाई पछाडि पारे । खड्काले नगद २५ हजार रुपैयाँ हात पारे । पिपुल्स च्वाइसको अवार्ड फुटबलर कर्ण लिम्बूले जिते । उनले नगद २५ हजार रुपैयाँ प्राप्त गरे ।

लाइफटाइम अचिभमेन्ट अवार्डको पुरस्कार भलिवलका गणेश विक्रम नेम्वाङले प्राप्त गरे । उनले नगद ३५ हजार रुपैयाँ प्राप्त गरे । ०६६ सालमा स्थापना भएको नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा झापाले पूर्व फुटबलर स्वर्गीय आशिष विक्रम नेम्वाङको स्मृतिमा अवार्ड पछिल्लो तीन बर्षदेखि अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

पारसको राजीनामापछि सन्दीपको भावुक ट्विट-‘द लिजेन्ड दाजु पारस खड्का’

Read More →