Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

झापा फुटबल संघको अध्यक्षमा वरिष्ठ प्रशिक्षक ‘मामा’ चयन

२९ पुस,   खबरमञ्च,   at 8:20 PM

By   /  January 13, 2018  /  No Comments

    Print       Email

विर्तामोड । झापा जिल्ला फुटबल संघको नयाँ अध्यक्षमा वरिष्ठ फुटबल प्रशिक्षक भगिरथ आले ‘मामा’ चयन भएका छन्।

शनिवार झापाको धुलाबारीमा सम्पन्न वार्षिक साधारण सभा तथा अधिवेशनले आलेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो। यस अघि जलकुमार गुरुङले तीन कार्यकाल अध्यक्ष सम्हालेका थिए।

कार्यक्रममा झापा गोल्डकप आयोजक समितिका संयोजक महेन्द्र गिरीले झापामा फुटबलको विकासका लागि सहारा नेपालले एक जना खेलाडीलाई मासिक तलव उपलब्ध गराएर झापा ११ बाट खेल्न प्रेरित गर्ने बताए।

गिरीले भने, ‘१५ जना खेलाडीलाई एउटा एउटा औधोगिक व्यावसायिक प्रतिष्ठानले पारिश्रमिक उपलब्ध गराएर फुटबल खेलको विकासमा केन्द्रित हुनुपर्छ।’

 

    Print       Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You might also like...

IMG_20180117_203919

राष्ट्रिय फुटबल प्रतियोगिता: आर्मी र प्रहरी सेमिफाइनलमा

Read More →