Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

झापा गोल्डकप: तेस्राेे पटक आर्मीले उचाल्याे उपाधि, झापा फेरि पनि निराश

२७ फागुन,   खबरमञ्च,   at 6:15 PM

By   /  March 11, 2019  /  Comments Off on झापा गोल्डकप: तेस्राेे पटक आर्मीले उचाल्याे उपाधि, झापा फेरि पनि निराश

    Print       Email

विर्तामोड । चौथो संस्करणको मग मग झापा गाेेेल्डकपकाे  उपाधि त्रिभुवन आर्मी क्लबले उचालेकाे छ।

याे संगै आर्मीले झापा गाेल्डकपमा तेस्राे जीत दर्ता गरेकाे छ  ।

यसअघि पनि आर्मीले दुई पटक झापा गोल्डकपको उपाधि चुमेको थियाे।

विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको फाइनल खेलमा आर्मीले आयोजक झापा ११ लाई ५-३ गोल अन्तरले पराजित गर्याे ।

प्रतियोगिताको विजेता आर्मीले नगद १२ लाख ५५ हजार हात पारेको छ भने उपविजेता झापाले छ लाख पाँच हजारमा चित्त बुझाउनु पर्याे।

फाइनल खेलको म्यान अफ दी म्याच आर्मीका सन्तोष तामाङ घोषित भए। उनले १५ हजार नगद प्राप्त गरे।

प्रतियोगिताका उदीयमान खेलाडी झापाका निशान्त खड्का घोषित भए। उत्कृष्ट गोलकिपर आर्मीका विकेश कुथु, उत्कृष्ट डिफेन्डर झापाका देवेन्द्र तामाङ, उत्कृष्ट मिडफिल्डर झापाका पुजन उपरकोटी र उत्कृष्ट प्रशिक्षक आर्मीका कोच चुनबहादुर थापा घोषित भए। उनीहरुले जनही २१ हजार रुपैयाँ पुरस्कार पाए भने सर्वाधिक गोलकर्ता आर्मीका नवयुग श्रेष्ठलाई नगद २५ हजार प्रदान गरियो।

द मस्ट भ्यालुएबल प्लेयरको उपाधि झापाका झापाका दिलेन लोकतामले पाए। उनले यामाहा मोटरसाइकल पाए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगितामा भारत फेरि बाधक, नेपाल उपविजेता

Read More →