Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

झापा गोल्डकपः फाइनलमा आर्मी र झापा भिड्ने

२५ फागुन,   खबरमञ्च,   at 6:15 PM

By   /  March 9, 2019  /  Comments Off on झापा गोल्डकपः फाइनलमा आर्मी र झापा भिड्ने

    Print       Email

बिर्तामोड । डिफेण्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लब झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आर्मीले क्यामरुनको दाउफिन्स फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै फाइनलमा झापासँगको भेट पक्का गरेको हो ।

आर्मीले दाउफिन्सका खेलाडीको आत्मघाति गोलको उपहार बाट फाइनल यात्रा तय गरेको थियो । भरत खवासले गरेको क्रस पासमा नवयुग श्रेष्ठलाई मार्क गरिरहेका दाउफिन्सका सिलो नाङगाले चेष्ट गर्न खोज्दा बलले जाली चुमेको थियो । खेलको २३ औं मिनेटको त्यही आत्मघाति गोलको मदतले आर्मी फाइनलमा प्रवेश गरेको हो ।

खेल अवधिभर दाउफिन्सले एक दर्जन बढी पावरफुल प्रहार गरेको भएपनि गोल हुन नसक्दा उसको यात्रा सेमीफाइनलमा टुङिगएको छ । पहिलो हाफमा खासै मुभ बनाउन नसकेको दाउफिन्सले दोस्रो हाफमा केही शसक्त प्रहार गरेको थियो । खेलको ४५ औं मिनेटमा दाउफिन्सका अहन्दा इशाको पावरफुल प्रहार आर्मीका गोलरक्षक बिकेश कुथुले पञ्च गरेर बाहिर फ्यालेका थिए ।

५२ औ मिनेटमा टीना टीनाको प्रहार गोलरक्षक कुथुले फिर्ता गरिदिएपछि दाउफिन्सले गोल गर्ने अवसरबाट बञ्चित भएको थियो । ५७ औं मिनेटमा दाउफिन्सका पेटाङगाले खाली पोष्टमा गोल गर्न सकेनन् । ६३ औं मिनेटमा पेटाङगाको पावरफुल प्रहार कुथुले बचाउ गरे ।

आर्मीका टेकबहादुर बुढाथोकिले खेलको ३१ औं मिनेटमा खाली पोष्टमा गरेको प्रहार बाहिरियो । जितसँगै झापा गोल्डकपमा त्रिभुवन आर्मी क्लबले तेस्रो पटक फाइनल खेल्ने भएको छ । आर्मीले पहिलो र तेस्रो सिजनको उपाधि हात पारेको थियो । आर्मीले फाइनल जितेका सबै खेल झापासँगको भेटमा हो । झापा ११ भने चौथो पटक फाइनलमा पुगेपनि हालसम्म उपाधी रक्षा गर्न सकेको छैन । खेलको म्यान अफ द म्याच त्रिभुवन आर्मीका बिमल पाण्डे भए । उनले नगद १५ हजार रुपैंयाँ पुरस्कार पाएका थिए ।

बिर्तामोडको हिम इलेक्ट्रोनिक्सले प्रदान गर्दै आएको २८ इन्चको एलइडी टेलिभिजन बिर्तामोडका भरत गुरागाँईले पाएका छन् । टिकट काटे खेल हेर्न आएका दर्शकमध्ये लक्की ड्र बाट निरौलाले टेलिभिजन हात पारेका हुन् ।

जितपछि भएको पोष्ट म्याच कन्फ्रेन्समा बोल्दै आर्मीका प्रशिक्षक चुनबहादुर थापाले आफ्नो टीमका धेरै खेलाडी घाइते भएको हनाले अपेक्षित प्रदर्शन हुन नसकेको बताए । आर्मीका लागि एक गोलको स्कोर भइसकेपछि रक्षात्मक खेल खेलेको हुनाले थप गोल गर्नतर्फ नलागेको उनले बताए ।

दाउफिन्सका मेनेजर आशिक थापा मगरले उत्कृष्ठ प्रदर्शनका बावजुत पनि स्कोर हुन नसकेको बताए । खेलमा पाएका अवसरलाई सदुपयोग गर्न नसकेका कारण खेलबाट बाहिरिनु परेको थापाले बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगितामा भारत फेरि बाधक, नेपाल उपविजेता

Read More →