Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

झापा गोल्डकपः आर्मी सेमी फाइनलमा

२१ फागुन,   खबरमञ्च,   at 6:52 PM

By   /  March 5, 2019  /  Comments Off on झापा गोल्डकपः आर्मी सेमी फाइनलमा

    Print       Email

बिर्तामोड विभागीय टोली त्रिभुवन आर्मी क्लब जारी चौथो झापा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३—० गोलअन्तरले पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा मंगलबार सम्पन्न प्रतिस्पर्धात्मक दोस्रो क्वाटरफाइनल खेलमा आर्मीले पहिलो हाफमा नै अग्रता लिएको थियो । पहिलो हाफको ४३ औँ मिनेटमा आर्मीका टंक बस्नेतले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको अन्त्यतिर आर्मीले २ गोल गर्न सफल भयो । खेलको ८२औँ मिनेटमा सन्तोष तामाङले गोल गर्दै अग्रता दोब्बर बनाए । आर्मीका फरवार्ड नवयुग श्रेष्ठले त्यसको एक मिनेट बित्न नपाउँदै तेस्रो गोल गरी टिमको जीत सुनिश्चित गरेका थिए ।

पहिलो हाफमा टेकबहादुर बुढाथोकीले प्रहार गरेको बल दोस्रो पोस्टबाट फर्किएपछि टंक बस्नेतले गोल गरेका थिए । त्यस्तै, सन्तोष तामाङको गोल सिधै फ्रिकिकबाट भएको थियो भने नवयुगले चाहिँ गोलकिपर विकेश कुथूले रिलिज गरेको बलबाट गोल गरेका थिए ।

खेलमा म्यान अफ दी म्याच आर्मीका सन्तोष तामाङ घोषित भए । उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरे । बुधबार विभागीय टोली नेपाल प्रहरी र थ्री स्टार क्लबबीच खेल हुने आयोजकले जनाएको छ ।

यसअघि झापा ११ ले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ भने एपीएफ, मोरङ ११ र हङकङ नेप्लिज एकाडेमीले पराजय व्यहोर्दै घर फर्किसकेको छ । गोल्डकपको विजेताले नगद १२ लाख ५५ हजार पाउनेछ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विश्वकप क्रिकेट खेल्ने पाकिस्तानी टोलीमा परिवर्तन्

Read More →