Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

झापामा सञ्चालित स्वास्थ्य कार्यक्रमको समीक्षा

२ मंसिर,   खबरमञ्च,   at 7:40 PM

By   /  November 18, 2018  /  Comments Off on झापामा सञ्चालित स्वास्थ्य कार्यक्रमको समीक्षा

    Print       Email

भद्रपुर । झापाका सबै स्थानीय तहमा आ. व. ०७४/०७५ मा सञ्चालन भएका जनस्वास्थ्यसम्बन्धी कार्यहरुको समीक्षा गरिएको छ ।

स्वास्थ्य कार्यालय भद्रपुरमा आइतबार प्रदेश नं १ को सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय धनकुटा र स्वास्थ्य कार्यालय मोरङले संयुक्त रुपमा आयोजना गरेको ‘स्वास्थ्य कार्यक्रमहरुको जिल्लास्तरीय समीक्षा गोष्ठी’मा झापाका १५ स्थानीय तहका स्वास्थ्य शाखा र साझेदार संस्थाहरुले आ–आफ्ना कार्यक्षेत्रमा भएका स्वास्थ्यसम्बन्धी कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।

स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न गोष्ठीको प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले उद्घाटन गरेका थिए । उनले स्थानीय तहहरु सबै नागरिकमा सबैखाले स्वास्थ्यको सहज पहुँच पुर्याउन प्रतिबद्ध रहेको भन्दै तहहरुका स्वास्थ्य शाखाले तय गरेका कार्यक्रमलाई स्थानीय तह प्रशासनले अक्षरशः कार्यान्वयन गर्दै आएको बताए ।

स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख शशिकुमार भट्टराईले स्वागत र सामाजिक विकास मन्त्रालयकी झरना गिरीले सञ्चालन गरेको गोष्ठीमा सबै स्थानीय तहले आ.व. ०७४/०७५ को प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने साझेदार संस्थाहरु नेपाल परिवार नियोजन संघ झापा, सहारा नेपाल, हैप्पी नेपाल, सेभ द अर्थ, लवकुश आश्रमलगायतले जिल्लामा गरिएका सवास्थ्य सम्बन्धी गतिविधि प्रस्तुत गरेका थिए । कार्यक्रमको औचित्यमाथि मन्त्रालयका जनस्वास्थ्य अधिकृत शिवनारायण यादवले प्रकाश पारेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

जनमुक्ति सेना घाइते तथा अपाङ्ग संघले दियाे सरकारलाई चेतावनी

Read More →