Loading...
You are here:  Home  >  प्रदेश समाचार  >  Current Article

झापामा आइतबारदेखि साताव्यापी सडक सुरक्षा कार्यक्रम

१६ मंसिर,   खबरमञ्च,   at 1:04 PM

By   /  December 2, 2018  /  Comments Off on झापामा आइतबारदेखि साताव्यापी सडक सुरक्षा कार्यक्रम

    Print       Email

विर्तामोड- झापामा आइतबारबाट सडक सुरक्षा सप्ताह कार्यक्रम सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी झापा शाखा र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त आयोजनामा सुरु भएको कार्यक्रम २२ मंसिरसम्म चल्नेछ ।

सप्ताह कार्यक्रमका सह–आयोजक ३१ वटा संघसंस्थाका प्रतिनिधि, विद्यार्थी, प्रहरीसहितको टोलीले ब्यानर र प्लेकार्डसहित आइतबार बिहान बिर्तामोड बजार परिक्रमा गरेका थिए । र्‍यालीपछि आयोजित कार्यक्रममा सडक सुरक्षा सप्ताह शुभारम्भको घोषणा गरिएको थियो । सप्ताह कार्यक्रमका संयोजक हेम खड्काका अनुसार जिल्लाभर एक सातासम्म दुर्घटना न्यूनीकरणसम्बन्धी विविध कार्यक्रम सञ्चालन गरिनेछ ।

सप्ताहव्यापी कार्यक्रमका क्रममा विद्यालयस्तरमा समेत सडक सुरक्षा कार्यक्रम सञ्चालन गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख, प्रहरी निरीक्षक राजेश राईले बताए ।

झापाका ९ स्थानमा पुगेर विद्यालयमा यस्तो कार्यक्रम सञ्चालन गरिने ट्राफिक प्रमुख राईको भनाइ छ । झापाका अटोरिक्सा (टेम्पो) चालकहरुलाई भेला गरेर सडक सुरक्षा कक्षा सञ्चालन गरिने उनले जानकारी दिए । यसबाहेक जिल्लाका २ स्थानमा गरी सयवटा विद्यालयको सहभागितामा निवन्ध लेखन प्रतियोगिता आयोजना गरिने रेडक्रस झापाले जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

निर्मलाको हत्यारा सार्वजनिक माग गर्दै मुख्यमन्त्रीको पुत्ला जलाइयो, गृहमन्त्रीको राजीनामा माग

Read More →