Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

झापाको बुद्धशान्तिमा प्रदेश १ स्तरीय भलिवल प्रतियोगिता हुँदै

१ मंसिर,   खबरमञ्च,   at 5:18 PM

By   /  November 17, 2018  /  Comments Off on झापाको बुद्धशान्तिमा प्रदेश १ स्तरीय भलिवल प्रतियोगिता हुँदै

    Print       Email

विर्तामोड । झापाको बुद्धशान्ति– ३ बुधबारेमा आगामी सोमबारबाट प्रदेश नम्बर १ स्तरीय भलिवल प्रतियोगिता हुने भएको  छ ।  प्रतियोगिता यही मंसिर ३ गतेदेखि ५ गतेसम्म हुने आयोजकले जानकारी दिएको छ।

राष्ट्रिय युवा समाज बुद्धशान्तिको आयोजना तथा नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) को मुख्य प्रायोजनमा हुने भलिवल प्रतियोगितामा झापा जिल्ला भलिवल संघको प्राविधिक सहयोग रहने मुल आयोजक समितिका संयोजक सन्तोस कुमार ढकालले बताए । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) ले संस्था स्थापनाको २५ औं वर्षको अवसरमा प्रतियोगितामा मुख्य प्रायोजन गरेको हो ।

प्रतियोगितामा आयोजक राष्ट्रिय युवा समाज बुद्धशान्ति सहित झापा, मोरङ, खोटाङ, भोजपुर, संखुवासभा, ताप्लेजङ, नेपाल प्रहरी, शसस्त्र प्रहरी र धनकुटा गरी १० टोलीको सहभागिता रहने आयोजकका प्रचार संयोजक अनिल वाग्लले जनाए ।

प्रतियोगिताको विजेताले नगद १ लाख सहित ट्रफी उपविजेताले ५० हजार सहित ट्रफी पाउने छन् भने प्रतियोगितामा तेस्रो हुने टिमले पनि नगद २५ हजार पाउने आर्थिक उपसमिति संयोजक प्रेम नेम्बाङले बताए ।

उनले झापाकै प्रतिष्ठासँग जोडिएको प्रतियोगिता भएकाले सबै मिलेर भव्यरुपमा सम्पन्न गर्नुपर्ने बताए । १२ लाख ६५ हजारको अनुमानित लागतमा हुन लागेको प्रतियोगितालाई व्यवस्थित र भव्य बनाउन ५१ सदस्यीय मूल आयोजक समिति बनाएर विभिन्न उपसमिति समेत गठन गरि कार्य अगाडी बढाइएको आयोजक समितिका संयोजक ढकालले बताए ।

 

 

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

रग्बी विश्वकप ट्रफी टुँडिखेलमा सार्वजनिक

Read More →