Loading...
You are here:  Home  >  समाज  >  Current Article

झापाको बिर्तामोड नगरपालिकाको वडा कार्यालयमा बम बिस्फोट

२७ साउन,   खबरमञ्च,   at 8:23 AM

By   /  August 12, 2019  /  Comments Off on झापाको बिर्तामोड नगरपालिकाको वडा कार्यालयमा बम बिस्फोट

    Print       Email

विर्तामोड । झापाको बिर्तामोड नगरपालिकाको वडा कार्यालयमा बम बिस्फोट भएको छ ।

गरामनी बजारमा छेउमा रहेको बिर्तामोड नगरपालिका वडा नम्बर ७,८ र ९ को संयुक्त वडा कार्यालयमा सोमबार बिहान साढे ४ बजे बम बिस्फोट भएको जिल्ला प्रहरी झापाका प्रहरी प्रवक्ता डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बिस्फोटबाट वडा कार्यालय भवनको झ्यालहरु फुटेको छ । बिस्फोटबाट अन्य क्षतिका बारेमा प्रहरीले अनुसन्धान शुरु गरेको डीएसपी श्रेष्ठले बताए । अज्ञात समुहले बम विष्फोट गराएको प्रहरीले जनाएको छ ।

बिस्फोट भए लगत्तै घट्नास्थलमा प्रहरी पुगेको र अनुसन्धान शुरु गरेको जनाइएको छ । बिस्फोट गराईएको बमका बारेमा घटना स्थलमा नै पुगेर जिल्ला प्रहरी प्रमुख दिनेशराज मैनालीले अनुसन्धान सुरु गरेका छन् । उनले विष्फोट विप्लव माओवादी समूहले गराएको हुन सकने आशंका ब्यक्त गरेका छन् ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अब घरेलु कामदारले विदामा घर आएर नेपालीबाटाे हुँदै जान पाउने, पुन: श्रम स्वीकृतिकाे बाटाे खाेलियाे

Read More →