Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

झापाको बिर्तामोडमा ‘हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप २०७६’ हुने

२८ साउन,   खबरमञ्च,   at 3:07 PM

By   /  August 13, 2019  /  Comments Off on झापाको बिर्तामोडमा ‘हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप २०७६’ हुने

    Print       Email

बिर्तामोड । आउँदो असोज ११ गतेदेखि १८ गतेसम्म झापाको बिर्तामोडमा ‘हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप २०७६’ हुने भएको छ । जायोन स्पोर्टस् क्लव बिर्तामोडको आयोजनामा उक्त फुटबल प्रतियोगिता हुन लागेको हो।

आयोजक क्लवले मंगलवार बिर्तामोडमा पत्रकार सम्मेलन गरी प्रतियोगिताका वारेमा जानकारी दिएको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगितामा दुई विदेशीसहित आठवटा टीमको सहभागिता रहने आयोजक क्लबका प्रवक्ता अविनाश राईले जानकारी दिए ।

उनले नेपालका ए डिभिजनका ४ क्लवले प्रतियोगितामा सहभागिता जनाउने बताएका छन् ।

क्लवले फुटवलका राष्ट्रिय महिला टिमका प्रशिक्षक हरि खड्कालाई प्रतियोगिताको व्राण्ड एम्बासेडर नियुक्त गरेको छ । खड्काले प्रतियोगिताका लागि ब्यक्तिगत रुपमा एकलाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।

प्रतियोगितामा विजेता टिमलाई १२ लाख ५० हजार र उपविजेतालाई ६ लाख २५ हजार रुपैयाँ नगदसहित ट्रपी र मेडल प्रदान गरिने कल्वका अध्यक्ष भक्तबहादुर भुजेलले जानकारी दिए ।

उनले प्रतियोगितामा प्रत्येक दिन ‘म्यान अफ द म्याच’ र फाइनलमा उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान, सर्वाधिक गोलकर्ता खेलाडीलाई नगद पुरस्कार र उत्कृष्ट खेलाडीहरुलाई विशेष उपहार प्रदान गरिने बताए । प्रतियोगिताका लागि अनुमानित ८० लाख खर्च हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

पाथीभरा गोल्डकपः आयोजक ताप्लेजुङ र बेलबारी फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदै

Read More →