Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

झापाको काँकरभिट्टामा कला साहित्य उत्सव हुँदै

३ फागुन,   खबरमञ्च,   at 12:42 PM

By   /  February 15, 2019  /  Comments Off on झापाको काँकरभिट्टामा कला साहित्य उत्सव हुँदै

    Print       Email

भद्रपुर । रिर्डस झापाको आयोजनामा प्रत्येक दुई वर्षको अन्तरालमा आयोजना हुँदै आएको कला साहित्य उत्सव यही फागुन १८ गतदेखि शुरु हुने भएको छ ।

झापाको मेचीनगर–६ स्थित काँकडभिट्टामा हुने ‘कला साहित्य उत्सव २०७५’ मा १४ विषयमा समूहगत छलफल गरिने बिहीबार विर्तामोडमा पत्रकार सम्मेलन गरी रिर्डसले जानकारी दिएको हो ।

फागुन २० गतेसम्म सञ्चालन गरिने यो उत्सवको चौथो शृङ्खलामा प्यानल डिस्कसनसहित कला प्रदर्शनी, प्रत्यक्ष चित्रकला, आर्ट क्विज र फोटो प्रदर्शनी एवं नाटक मञ्चन गरिने कार्यक्रमका संयोजक हरि तिम्सिनाले जानकारी दिए ।

आयोजक समितिका सदस्य दामोदर ढुङ्गेलका अनुसार कला, साहित्य उत्सव केवल लेखक र साहित्यकारका लागि मात्र लक्षित नगरी विद्यार्थी एवं सार्वजनिक चर्चाका विषयमा रुचि राख्ने सबैका लागि आयोजना गर्न लागिएको हो।

उत्सवमा कला, साहित्य, संस्कृति, अर्थराजनीति, सञ्चार एवं पर्यावरणजस्ता विषयमा विमर्श गरिने आयोजक संस्थाका सचिव सौरभ मैनालीले बताए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

टिकटक सेलिब्रिटी जिम ट्रेनरको गोली हानी हत्या

Read More →