Loading...
You are here:  Home  >  सूचना/प्रविधि  >  Current Article

झापाकाे गौरीगञ्ज गाउँपालिकामा ‘फ्रि’ वाइफाइ सेवा

साउन ४,   खबरमञ्च,   at 3:31 PM

By   /  July 20, 2018  /  Comments Off on झापाकाे गौरीगञ्ज गाउँपालिकामा ‘फ्रि’ वाइफाइ सेवा

    Print       Email

 

भद्रपुर । झापाको दक्षिण क्षेत्रमा रहेको गौरीगञ्ज गाउँपालिकाले सर्वसाधारण जनतालाई सहज रुपमा इन्टरेनटमा पहुँच पु¥याउने उद्देश्यले निःशुल्क वाइफाइ सेवा शुरु गरेको छ ।

स्थानीयवासीलाई सूचना प्राप्त गर्न सजिलो होस् भन्ने उद्देश्यले परीक्षणको रुपमा यो सेवा शुरु गरिएको गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए ।

निःशुल्क वाइफाइ सेवा पहिलो चरणमा गाउँपालिका कार्यालय, वडा नं ३ को कार्यालय र गौरीगञ्ज बजार क्षेत्रमा सेवा उपलब्ध हुने गाउँपालिकाका सूचना अधिकृत सुमन थापाले जानकारी दिए ।

हाल गाउँपालिका कार्यालयबाट चार सय मिटर टाढासम्म यो सेवा लिन सकिने र निकट भविष्यमै वाइफाइको रेञ्ज बढाएर एक किलोमिटर आसपाससम्म पुर्याइने सूचना अधिकृत थापाले बताए ।

‘अहिले हामी परीक्षणको चरणमा छाैं’, सूचना अधिकृत थापाले भने–“परीक्षण सफल भयो भने गाउँपालिकाका अन्य वडामासमेत यो सेवा विस्तार गर्ने लक्ष्य लिएका छौँ ।”

उनका अनुसार वाइफाइ सेवा २४ घण्टा नै फ्रि भए पनि यसको दुरुपयोग नहोस् भनेर हरेक सेवाग्राहीले ‘कनेक्ट’ गरेको एक घण्टापछि स्वतः ‘डिसकनेन्ट’ हुने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अस्ट्रेलियाली स्कुले छात्रद्वारा एप्पलको सिस्टम “ह्याक”

Read More →