Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

ज्यान बचाउन गाह्राे छ विरानो मुलुक मलेसियामा (म्युजिक भिडियोसहित)

११ मंसिर,   खबरमञ्च,   at 2:15 PM

By   /  November 28, 2018  /  Comments Off on ज्यान बचाउन गाह्राे छ विरानो मुलुक मलेसियामा (म्युजिक भिडियोसहित)

    Print       Email

विर्तामोड । सुखल भट्टराई र सावित्रा रिमालको संयुक्त प्रस्तुतिमा लाखौं श्रमजीवी नेपालीले बाध्यताले मलेसियामा श्रम बेच्नु पर्ने अवस्थालाई गीति संग्रहमा चित्रण गर्न खोजिएको छ।

“ज्यान बचाउन गाह्राे छ मलेसियामा” कारुणिक गीति संग्रह उनीहरुले बजारमा ल्याएका हुन्।

रोजगारीका लागि सबैको ध्यान केन्द्रित रहेको मलेसिया यतिबेला सबैले छिछि गरिरहेका छन् । लाखौंको संख्यामा मलेसियामा कार्यरत रहेका नेपाली दाजुभाइ वर्षेनी सयौंको संख्यामा अकालमा ज्यान गुमाउनु परेको छ भने कति कुटपिटमा परेका छन् । कतिको मोबाइल गायब भएकाछन्, कसैको ज्यान समेत गएको छ । धेरैको यहीँ कथन छ ज्यान जोगाउन गाह्रो छ मलेसियामा ।

प्रियसी म्युजिक प्रालिले बजारमा ल्याएको यस गीतमा सर्जक चुर्ण पुन मगरले सम्पूर्ण परदेशीका पिडालाई शब्दमा समेट्ने कोसिस गरेका छन् भने गायक सुखल भट्टराई र सिर्जना हुमागाइको आवाजमा सजिएको यस गीतमा लय सावित्रा रिमालले भरेकी छिन् । सहयोगी पात्रहरूमा, गोमा मगर/हिरु अाले मगर/बबिता मोक्तान रहेका छन् । रमा थपलिया र बुद्धिवीर थापाको अभिनय रहेको छ । निर्देशनमा बबिता श्रेष्ठ छिन् भने छायाङकनमा मुकेश हुमगाइको महत्त्वपूर्ण भुमिका रहेको छ ।

भिडियो हेर्नुहोस ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोकी सुन्दरी भेनेसा पोन्से डे लियोनले जितिन्

Read More →