Loading...
You are here:  Home  >  समाज  >  Current Article

जुके कल्भर्टमा मारुती, टाटा सुमो र सरकारी बाइक जुधे, तीन जना घाइते

१६ मंसिर,   खबरमञ्च,   at 9:34 PM

By   /  December 2, 2018  /  Comments Off on जुके कल्भर्टमा मारुती, टाटा सुमो र सरकारी बाइक जुधे, तीन जना घाइते

    Print       Email

बिर्तामोड । पूर्व पश्चिक राजमार्ग अन्तर्गत झापाकाे कन्काई नगरपालिकामा सवारी दुर्घट्ना भएकाे छ । नगरकाे वडा नं  ३ स्थित जुके कल्भर्टमा तीनवटा सवारीसाधन एकआपसमा जुधेर भएको दुर्घटनामा तीन जना घाइते भए ।

दुर्घटनामा इलाम देउमाई नगरपालिका बस्ने जोसेफ राई, कन्काई–२ का डम्बर कार्की र कन्काई–१ का कुवेर नेपाल घाइते भएका छन् । आइतबार अपरान्ह पौने पाँच बजेतिर मारुती भ्यान, टाटा सुमो र सरकारी बाइक एक आपसमा  ठाेक्किएका थिए ।

घाइते तीन जना मध्ये राई र कार्कीको अवस्था चिन्ताजनक  रहेकाे  र हाल बिर्तामोडको बिएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

बुधबार दिउँसो पुनः भूकम्पको धक्का महसुस

Read More →