Loading...
You are here:  Home  >  समाज  >  Current Article

जापानी विदेशमन्त्रीले भनेः नेपाली कामदार लैजान समस्या छैन

२६ पुस,   खबरमञ्च,   at 2:21 PM

By   /  January 10, 2019  /  Comments Off on जापानी विदेशमन्त्रीले भनेः नेपाली कामदार लैजान समस्या छैन

    Print       Email

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसंग जापानका विदेशमन्त्री तारो कोनोले आज शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा नेपाल–जापानबीच सिधा हवाई सेवा सञ्चालन गर्ने बिषयमा छलफल भएको छ ।

जापानी विदेश मन्त्री कोनोले टोकियो र ओशाकामा नेपालसंग सिधा हवाई सेवा सञ्चालनको प्रकृया अगाडि बढेको जानकारी दिएका थिए ।

त्यसैगरी नेपाली कामदार जापान लैजाने बिषयमा पनि प्रधानमन्त्री ओली र जापानी विदेश मन्त्री कोनोबीच छलफल भएको छ ।

जापानले नेपालको पूर्वाधार र विकासको क्षेत्रमा नेपाललाई सहयोग गर्ने बचन दिएको भेटमा सहभागी प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।

उनले नेपालबाट जापानमा कामदार पठाउने बिषयमा कानुनी अड्नचन नरहेको पनि बताए ।

भेटमा नेपालमा जापानी पर्यटक भित्र्याउने बिषयमा पनि छलफल भएको थियो ।

विदेशमन्त्री कोनोले दुई देशबीच चाँडै हवाई उडान सुरु गर्न नेपाल सरकारसंग आग्रह गरेका थिए ।

दुई दिने भ्रमण पुरा गरी विदेशमन्त्री कानो आजै जापान फर्कदै छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

त्रिभुवन विश्वविद्यालयका सहायक डिन घुससहित पक्राउ

Read More →