Loading...
You are here:  Home  >  कृषि/पशुपालन  >  Current Article

जग्गाकाे कित्ताकाट फुकुवा गर्ने सरकारकाे निर्णय

२७ पुस,   खबरमञ्च,   at 10:51 PM

By   /  January 11, 2019  /  Comments Off on जग्गाकाे कित्ताकाट फुकुवा गर्ने सरकारकाे निर्णय

    Print       Email

सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले जनताले सास्ती व्यहोर्नु परेको भन्दै जग्गाको कित्ताकाट फुकुवा गर्ने निर्णय गरिएको जानकारी दिइन् ।

मन्त्री अर्यालले जग्गाको कित्ताकाट गर्ने निर्णय कार्यान्वयनमा ल्याउन सरकारले स्थानीय तहका प्राविधिक समिति बनाउने गरी ‘भू–उपयोग नीति’ लागू गरेको पनि बताइन् ।

२०७४ साल साउन २६ गतेदेखि जग्गाको खण्डिकरण गर्न सरकारले रोक लगाएको थियो । तर त्यसले नागरिकलाई सास्ती दिएपछि सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको हो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

जग्गा प्राप्ति र वन क्षेत्र प्रयोगको समस्या सुल्झाउन नयाँ कानून

Read More →