Loading...
You are here:  Home  >  छापामा  >  Current Article

एसएलसीमा साढे सात हजार अयोग्य

2016/06/03,    at 10:16 AM

By   /  June 3, 2016  /  Comments Off on एसएलसीमा साढे सात हजार अयोग्य

    Print       Email

काठमाडौँ,२१ जेठ।  गत वर्ष एसएलसी परीक्षाको आवेदन फाराम भरेकामध्ये झन्डै साढे सात हजार विद्यार्थी अयोग्य रहेको पाइएको छ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरमा कुल सात हजार चार सय विद्यार्थी अयोग्य भएको पाइएको हो ।

परीक्षा नियन्त्रक कृष्ण काप्रीले एसएलसीको परीक्षा फारम भरेका, तर हाजिरी नपुगेर उनीहरू अयोग्य देखिएको जानकारी दिए । नयाँ पत्रिका दैनिकमा खबर छ ।

०७२ को एसएलसीमा नियमित र एक्ज्याम्टेडतर्फ गरी ६ लाख एक सय २२ परीक्षार्थी सहभागी भएका थिए । फारम पहिले नै भर्ने गरेको, तर त्यसपछि विद्यार्थीले स्वेच्छाले पढाइ छाडेकाले हाजिरी नपुग्ने गरेको उनको भनाइ छ ।

उनका अनुसार अयोग्यको संख्या अझ केही थपिन सक्छ । यस वर्ष साधारणतर्फ चार लाख ४० हजार ६ सय ४९ र एक्ज्याम्टेडतर्फ ५९ हजार चार सय ७२ सहभागी भएका थिए ।

गत चैतमा सञ्चालित परीक्षाको नतिजा छिटै निकाल्ने तयारी भइरहेको छ । अघिल्ला वर्षहरूमा भन्दा झन्डै दुई साता ढिला गरी सुरु भएको एसएलसी परीक्षाको नतिजा असार पहिलो साता सार्वजनिक हुने बताइएको छ ।

परीक्षा नियन्त्रक काप्रीका अनुसार उत्तरपुस्तिका परीक्षणको काम सम्पन्न गरेर नम्बर मार्क स्लिपमा इन्ट्रीको तयारी भएको छ । इन्ट्रीपछि म्याच–अनम्याच हेर्ने र टेबुलेसनको काम हुनेछ ।

यस वर्षदेखि साधारण विषयमा पनि ग्रेडिङ प्रणालीमा मूल्यांकन हुँदै छ । सुरुमा उत्तरपुस्तिका परीक्षकले दिएको नम्बर अंकमै मार्कसिटमा इन्ट्री गर्ने र त्यसलाई पछि कम्प्युटरबाटै लेटर ग्रेडिङमा लैजाने तयारी भएको छ ।

प्राविधिक कठिनाइ नभएमा यही महिनाको अन्त्यसम्ममा सबै काम सक्ने गरी तयारी भएको पनिका स्रोतले जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

त्रिविका कर्मचारी विद्यार्थीको भविष्यसँग यसरी गर्छन् खेलवाड

Read More →