Loading...
You are here:  Home  >  समाज  >  Current Article

छठ पर्वः अस्ताउँदो सूर्यलाई अर्घ्य (तस्वीरहरु)

१६ कात्तिक,   खबरमञ्च,   at 7:19 PM

By   /  November 2, 2019  /  Comments Off on छठ पर्वः अस्ताउँदो सूर्यलाई अर्घ्य (तस्वीरहरु)

    Print       Email

झापा । पूर्वी नेपालको झापा, मोरङ र सुनसरीमा बसोबास गर्नेहरुले शनिवार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन्। आइतबार विहानको उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सम्पन्न हुनेछ।

मोरङको सिंघीया, केशलिया तथा सुनसरी मोरङ सिँचाई आयोजनाको नहरको तीरमा सर्वसाधारणले छठ मनाइरहेका छन्।

सूर्य उपासनासँग सम्बन्धित छठ पर्व प्रत्येक वर्ष कात्तिक शुक्लपञ्चमी र षष्ठीका दिन मनाइने गरिन्छ।

व्रत बस्नेहरू स्नान गरेर उपवास बसी आत्मशुद्धि गर्छन् जसलाई खर्ना भनिन्छ। षष्ठीका दिन नदी र पोखरीको घाटमा व्रतालुहरूले स्नान गरी बेलुकाको समयमा जलाशयमा उभिएर सूर्यलाई फलफूल, ठेकुवा र कसार अर्घ्य दिन्छन्।

व्रतालु भक्तजनहरू राती धेरैजसो नदी किनारमा बास बस्छन् भने केही घर फर्किन्छन्। तर शुद्धाशुद्धिको धेरै विचार गर्नुपर्ने भएकाले कहीं कतै अशुद्ध नहोस् भन्नेमा उनीहरू सजग हुन्छन्। शुद्ध भावनाले यो व्रत गर्नाले तुरुन्त फल पनि पाइने धर्मावलम्बीहरूको विश्वास छ।

झापाका प्रमुख नदीहरु मेची, निन्दा, विरिङ, कनकाई तथा रतुवा नदीहरुमा धुमधामका साथ तराईमा बसोबास गर्नेहरुले छठ पर्व मनाइरहेका छन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

आप्रवासी कामदारहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडाैंमा सुरु

Read More →