Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

चीन र नेपालबीच भएको तीनबुँदे समझदारीमा के-के छन् ?

२३ भदौ,   खबरमञ्च,   at 7:09 PM

By   /  September 9, 2019  /  Comments Off on चीन र नेपालबीच भएको तीनबुँदे समझदारीमा के-के छन् ?

    Print       Email

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ ।  समकक्षी प्रदीपकुमार ज्ञवालीसँग भेटवार्ता गरेलगत्तै मन्त्री यीले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा द्धिपक्षीय सम्बन्धका विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री ओली र चिनियाँ विदेशमन्त्री यीबीच भेटवार्ता हुनुअघि  राजधानीको याक एण्ड यति होटलमा दुई मन्त्रीबीच औपचारिक भेटवार्ता भएको थियो ।

भेटका क्रममा दुई पक्षीय हित, आपसी सम्बन्ध र चासोका विषयमा छलफल भएको बताइएको छ ।  सोही क्रममा नेपाल र चीनबीच विभिन्न ३ वटा समझदारीपत्रमा हस्ताक्षर समेत भएको छ ।

जसअनुसार मनाङमा चीनले ३५ करोड रुपैयाँ सहयोगमा अस्पताल बनाउने, आपतकालीन राहतका लागि ३ हजार टेन्ट उपलब्ध गराउने, चिनियाँ स्वयं सेवक शिक्षकहरु नेपाल आउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

 

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सांसदहरुद्वारा वेल घेराउ गर्दै नाराबाजी

Read More →