Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

चार महिला सांसदलाई अमेरिका छाडेर ‘तिनको देश फर्किन’ ट्रम्पले दिए धम्की

३० असार,   खबरमञ्च,   at 3:14 PM

By   /  July 15, 2019  /  Comments Off on चार महिला सांसदलाई अमेरिका छाडेर ‘तिनको देश फर्किन’ ट्रम्पले दिए धम्की

    Print       Email

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक पार्टीका चार महिला सांसदलाई अमेरिका छाडेर ‘तिनको देश फर्किन’ भनेका छन् । ट्रम्पको टिप्पणीलाई धेरैले नश्लवादी भन्दै आलोचना गरेका छन् । उनले ती महिला सांसदको ‘मुल देशका सरकार पुरै बर्बाद’ अवस्थामा रहेकाले तिनको आवश्यकता त्यहाँ रहेको बताएका छन् ।

ट्वीटमा ट्रम्पले ती चार जना फर्किन चाहेमा डेमोक्रेट पार्टीकी सभामुख न्यान्सी पेलोसी ‘निशुल्क यातायात खर्चको व्यवस्था गर्न तयार हुने’ समेत लेखेका छन् ।  ट्रम्पको पेलोसीको नाम उल्लेख गरेर एकहप्ता अघि पेलोसी र ती सांसदबीच भएको विवादलाई आंैल्याउन खोजेका हुन् ।

चार सांसदमा सबै पहिलोपटक चुनिएका युवा सांसद छन् । तीमध्ये एलेक्जेण्डर ओकासियो–कोरटेज, रशिदा ट्लइब र याएन्ना प्रेस्ले अमेरिकामै जन्मिएर हुर्किएकी हुन् भने चौथी सांसद इलहान ओमार बाल्यकालमै अमेरिका आएकी थिइन् ।

ओकासियो–कोर्टेज न्युयोर्कको ब्रोन्क्समा जन्मिएकी थिइन् जुन स्थान ट्रम्पको जन्म भएको क्वीन्स हस्पिटलबाट १९ किमीमात्रै टाढा छ ।  ट्विटरमा ट्रम्पले लेखेका छन्, ‘प्रगतिशिल’ डेमोक्रेट महिला सांसदलाई देख्दा रमाइलो लाग्छ । तिनको मुल देशको सरकार पूरै बरबाद, एकदम खराब, सबैभन्दा भ्रष्ट्र र विश्वका सबैभन्दा असक्षम अवस्थामा छन् (यदि सरकारको नामको कुनै कुरा त्यहाँ बाँकी छ भने) । तिनै चाँही पृथ्वीको सबैभन्दा महान र शक्तिशाली राष्ट्रका नागरिकलाई सरकार कसरी चलाउने भनेर सिकाइरहेका छन् ।’

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

भुटानको दुई दिने औपचारिक भ्रमणका लागि मोदी थिम्पुमा

Read More →