Loading...
You are here:  Home  >  समाज  >  Current Article

चाडपर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ : उपराष्ट्रिपति पुन

२७ साउन,   रासस,   at 8:46 AM

By   /  August 12, 2019  /  Comments Off on चाडपर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ : उपराष्ट्रिपति पुन

    Print       Email

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले विभिन्न चाडपर्वले राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी मित्रतालाई सुदृढ पार्ने विश्वास व्यक्त गर्नुभएको छ ।

इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इद–अल–अधा (बकर–इद)का अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त रहेको र विभिन्न समुदायका चाडबाड, रीतिरिवाज र धर्मसंस्कृतिले आपसी सहिष्णुता तथा राष्ट्रिय एकतालाई बलियो बनाएको उल्लेख गर्नुभएको छ ।

‘नेपालका सम्पूर्ण इस्लाम धर्मावलम्बीहरु र स्वदेश तथा विदेशमा रहनुभएका नेपालीमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दछु’, सन्देशमा भनिएको छ ।
रासस

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अब घरेलु कामदारले विदामा घर आएर नेपालीबाटाे हुँदै जान पाउने, पुन: श्रम स्वीकृतिकाे बाटाे खाेलियाे

Read More →