Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको निधन

३० मंसिर,   खबरमञ्च,   at 7:51 AM

By   /  December 16, 2019  /  Comments Off on चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको निधन

    Print       Email

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको निधन भएको छ।

भट्टराईको स्वास्थ्यमा एकाएक समस्या आएपछि उपचारका लागि चाबहिलस्थित ओम अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । उनको मृत्यु आइतबार राति १० बजेर २० मिनेटमा भएको पारिवारिक स्रोतले जनाएको छ ।

भट्टराई अनामनगरमा बस्दै आएका थिए भने घरमा रहेकै बेला एकाएक स्वास्थ्यमा समस्या आएको थियो । चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले  उनले पार्थिव शरीर सोमबार बिहान २ बजेपछि लचित्र विकास वोर्डको कार्यालयमा श्रदाञ्जलीका लागि राखिने जानकारी दिए । त्यसपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ । उनको हृदयघातका कारण निधन भएको बताइएको छ ।

भट्टराई एक वर्षअघि चलचित्र विकास वोर्डको अध्यक्ष चयन भएका थिए।

करिब ३ दशकदेखि अभिनय र सिनेमा निर्माणमा सक्रिय ५४ वर्षिय भट्टराई एक पत्नी र छोरा रहेका छन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

आस्था राउतलाई पक्राउ गर्न प्रहरीले पायो अनुमति

Read More →