Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

चन्द्रगढी विमानस्थल भद्रपुरका प्रमुखलाई प्रधानमन्त्री ओलीले सोधे, ‘सेनासंग कुरा मिल्यो?’

२० असोज,   खबरमञ्च,   at 1:11 PM

By   /  October 7, 2019  /  Comments Off on चन्द्रगढी विमानस्थल भद्रपुरका प्रमुखलाई प्रधानमन्त्री ओलीले सोधे, ‘सेनासंग कुरा मिल्यो?’

    Print       Email

भद्रपुर । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार भद्रपुर विमानस्थल ओर्लने वितिक्कै विमानस्थल प्रमुख पूर्ण चूँडाललाई सोधे, ‘सेनासंग कुरा मिल्यो?’

विमानस्थलको धावन मार्ग विस्तारका लागि जिल्ला प्रशासन कार्यालय पूर्वपट्टि रहेको नेपाली सेनाको व्यारेक हटाउनुपर्ने अवस्था छ। सोही विषयमा प्रधानमन्त्री ओलीले विमानस्थल प्रमुखसंग चासो राखेका थिए।

गृहनगर दमकमा आयोजना गरिएको दसैं शुभकामना कार्यक्रममा सहभागी हुन सोमबार चन्द्रगढी विमानस्थलमा अवतरण गरेका हुन्।

विमानस्थलका प्रमुख चूँडालले विमानस्थल स्तरोन्नतिका लागि भइरहेको कामबारे प्रधानमन्त्री ओलीलाई सुनाएका थिए।

चूँडालले उक्त व्यारेक हटाउने विषयमा पहल भइरहेको जानकारी दिएका थिए। साथै चूँडालले जहाजको पार्किङ स्थल विस्तार, रनवे मर्मत साथै आपतकालिन परिस्थितिमा आवश्यक ‘फायर फाइटिङ भेहिकल’ दमकलको व्यवस्था भइसकेको जानकारी दिए।

विमानस्थलको विकास तथा विस्तारका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गर्ने सम्बन्धमासमेत उनले प्रधानमन्त्रीलाई जानकारी गराए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

जनकपुरधाममा पुनः शंकास्पद बस्तु फेला

Read More →