Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

ग्रान्डीमा प्रधानमन्त्री ओलीको आकस्मिक डायलासिस, अहिले पनि आइसियुमै

१३ कार्तिक,   खबरमञ्चडेस्क,   at 10:32 PM

By   /  October 30, 2019  /  Comments Off on ग्रान्डीमा प्रधानमन्त्री ओलीको आकस्मिक डायलासिस, अहिले पनि आइसियुमै

    Print       Email

 

काठमाडौं। सिंगापुरमा स्वास्थ्य उपचार गरेर फर्किएको २ महिना नबित्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ग्रान्डी अस्पतालमा आकस्मिक डायलाइसिस गरिएको छ।

मिर्गौलाले एक्कासी काम गर्न छाडेपछि आकस्मिक डायलाइसिस गरिएको अस्पतालले जनाएको छ।

प्रधानमन्त्रीको सचिवालयदेखि ग्रान्डी अस्पतालसम्मले प्रधानमन्त्रीको नियमित स्वास्थ्य परिक्षणका लागि अस्पताल ल्याएको र आजै फर्किने बताए पनि उनको स्वास्थयमा भने निकै समस्या देखिएको नेकपा एक उच्च श्रोतले खबरमञ्चलाइ जानकारी दिएको छ ।

अस्पतालले साँझ विज्ञप्ती जारी गरेर अवस्था सामान्नय रहेको बताए पनि दिउँसो २ बजे नै प्रधानमन्त्री ओलीको पहिलो चरणको डायलाइसिस गरिएको  बताइएको छ । श्रोतका अनुसार प्रधानमन्त्री ओलीलाइ थप २ चरणको डायलाइसिस गर्नुपर्ने हुन्छ। अहिले प्रधानमन्त्री ओलीलाई अस्पतालको आइसियुमा राखिएको छ।

गत १८ साउनमा स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली सिंगापुर गएका थिए । त्यसपछि २७ साउन स्वदेश फर्किएका उनी ५ भदौमा फेरि सिंगापुर गएका थिए । त्यस समय उनको नेशनल युनिभर्सिटी अस्पतालमा फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत उपचार गरिएको थियो । श्रोतका अनुसार प्रधानमन्त्रीलाइ यही ६ नोभेम्बरमा फेरि सिंगापुर लैजाने तयारी पनि सुरू भएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्य र भाइटीकाकाे संयाेग

भाइटीकाको दिन अर्थात कार्तिक १२ गते नेपाल सम्वतका अवसरमा विहान टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली पनि आउने कार्यक्रम थियो । तर ४ घण्टा सम्म कुर्दा पनि उनी आएनन् । उनको अनुपस्थितिमा उपप्रधान एवम रक्षामन्त्री इश्वर पोख्रेलले सम्बोधन गरेका थिए । धेरैले भाइटीकाले ओली नआएको हुन सक्ने अड्कल बाजी गरे।

तर भाइटीकाको शुभ साइत ११ः५५ मा ओलीले टीका लगाएनन् । समाचार संकलनमा गएका सञ्चारकर्मीहरूलाई २ बजेपछि मात्र पुजाकक्षमा बोलाइएको थियो । मतलब साइत भन्दा करिब २ घण्टा ढीला गरि उनले भाइटीका थापे ।

राष्ट्रप्रमुखले साइतमै लगाउनु भने पनि ओलीले किन साइतमा टीका लगाएनन् रु यतिमात्र होइन भाइटीका लगाएपछिको उनको शारीरिक हाउभाउले पनि उनी सिथिल देखिन्थे ।  त्यसपछि भने धेरैले शंका गरेका थिए ।

बुधवार प्रधानमन्त्रीको नियमित स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको भन्ने खबर मात्र आएन , संगसंगै आइसियुमै राखिएको पनि खबर आयो । तर प्रधानमन्त्रीको सचिवालयदेखि अस्पतालसम्मले वास्तविक जानकारी दिन चाहेन । अर्थात देशका प्रमुखको स्वास्थ्य अवस्थाबारे बुझ्न पाउने नागरिक हकको हनननै भयो । यद्दपी विभिन्न श्रोतबाट ओलीको पहिलो चरणको डायलाइसिस गरिएको खबर बाहिर आएसंगै आम जनतमा चासो र चिन्ता थपिएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

निजामति कर्मचारीले अब आफै थाहा पाउनेछन् आफ्नाे सरुवा हुने ठाउँ

Read More →