Loading...
You are here:  Home  >  समाज  >  Current Article

गौरीगञ्जबाट गाँजा सहित दुई जना पक्राउ

१९ कात्तिक,   खबरमञ्च,   at 11:03 AM

By   /  November 5, 2019  /  Comments Off on गौरीगञ्जबाट गाँजा सहित दुई जना पक्राउ

    Print       Email

दमक । झापाको गौरीगञ्ज गाउँपालिका-३ बाट गाँजासहित २ जना पक्राउ परेका छन् ।

गौरीगञ्ज -३ का ५७ बर्षीय देव नारायण महतो र गौरीगञ्ज -४ का ५० बर्षीय बुदलाल राजवंशीले घरबाट नै गाँजाको बेचबिखन गर्ने गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले दुवैजनालाई घरबाट नै पक्राउ गरेको हो ।

पक्राउ परेका महतोको घरबाट प्रहरीले ५ सय ग्राम गाँजा र नगद १ हजार ३ सय ५० बरामद गरेको छ भने राजवंशीको घरबाट २ किलो १२५ ग्राम गाँजा तथा नगद ६ सय बरामद गरेको छ । पक्राउ परेका दुवैजनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

आप्रवासी कामदारहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडाैंमा सुरु

Read More →