Loading...
You are here:  Home  >  समाज  >  Current Article

गोरु तस्कर र स्थानीयबीच विवाद हुँदा छ वटा मोटरसाइकलमा आगजनी

१७ मंसिर,   खबरमञ्च,   at 2:06 PM

By   /  December 3, 2018  /  Comments Off on गोरु तस्कर र स्थानीयबीच विवाद हुँदा छ वटा मोटरसाइकलमा आगजनी

    Print       Email

दाङ । दाङको राजपुर गाउँपालिका–४ जहरेघाटमा छ वटा मोटरसाइकलमा आगजनी गरिएको छ ।

गोरु तस्कर र स्थानीयबीच विवाद हुँदा स्थानीयले मोटरसाइकलमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

स्थानीयवासीका अनुसार गोरु तस्करी भइरहेका बेला गाउँलेले रोक्न खोजेपछि भएको विवादपश्चात् स्थानीयले आगजनी गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार गोरु तस्करी गर्ने गिरोहको मोटरसाइकलमा आगजनी भएको हो ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पाण्डेले बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

निर्मलाको हत्यारा सार्वजनिक माग गर्दै मुख्यमन्त्रीको पुत्ला जलाइयो, गृहमन्त्रीको राजीनामा माग

Read More →