Loading...
You are here:  Home  >  समाज  >  Current Article

गोरखाको जगंलमा लागेको आगो नियन्त्रण बाहिर

९ पुस,   खबरमञ्च,   at 7:02 PM

By   /  December 24, 2018  /  Comments Off on गोरखाको जगंलमा लागेको आगो नियन्त्रण बाहिर

    Print       Email

गोरखा । चुमनुव्री गाउँपालिका–१ सामागाउँको बिरेन्द्र ताल क्षेत्रमा गएरातीदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । आगलागीमा हालसम्म जलेको अबस्था पाँच ओटा दुर्लभ जातका कस्तुरी फेला परेका स्थानियवासी मिङ्गमार लामाले जानकारी दिए । दाउरा संकलनका लागि समेत प्रतिबन्ध लगाइएको उक्त जंगलमा लागेको आगो नियन्त्रणमा लिन नसक्दा नजिकै रहेका अन्य जंगलमा समेत आगो फैलिदै गएको उनले बताए ।

आगोले सो क्षेत्रमा रहेका धुपी सल्ला, भोजपत्रलगायतका बहुमूल्य जडीबुटी समेत नष्ट भएका छन् । क्षतिको एकिन बिबरण संकलन गर्न सकिएको छैन । अहिले पनि स्थानियबासी र प्रहरी मिलेर आगो निभाउने प्रयास भइरहेको छ । उच्च हिमाली क्षेत्र र तिब्र गतिको हावाका कारण आगो नियन्त्रणमा लिन नसकिएको मनास्लु संरक्षण क्षेत्र आयोजनाका प्रमुख नरेन्द्र लामाले बताए ।

उनका अनुसार आगो नियन्त्रणमा लिन अहिले सो क्षेत्रमा अग्नि रेखा बनाउने काम भइरहेको छ वडाध्यक्ष बिर बहादुर लामाले आगो नियन्त्रणका लागी उचित पहल नभएको बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले आगो नियन्त्रणका लागि पहल गरी दिन गृहमन्त्रालयलाई आग्रह गरिएको जानकारी दिए । सकेसम्म सेनाको हेलिकप्टर प्रयोग गरेर आगो नियन्त्रणका लागि पहल भइरहेको उनले बताए । आगो नियन्त्रणमा नआए एउटा गुम्बा जोखिममा पर्नसक्ने बताइएको छ ।

प्रहरी उपरिक्षक भोला रावलले आगो नियन्त्रणका लागि सामागाउँ, लार्के भन्सार र सिर्दीबासबाट प्रहरी परिचालन गरिएको बताए । ठूलो भिर भएकाले मान्छेले तलबाट आगो निभाउन सक्ने अबस्था नै नभएको बताइएको छ । आगलागीमा सलग्न भएको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कर्मचारी समायोजनका विषयमा सरकारसित लिखित जवाफ माग

Read More →